पत्रकार महासंघद्वारा ध्यानाकर्षण पत्र बुझाइयो


चैत १८ । नेपाल पत्रकार महासंघ ओखलढुंगाले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । चैत १५ गते राजाबादीले काठमाण्डौको तीनकुनेमा गरेको हिँसात्मक गतिविधीमा संलग्नलाई कानूनी दायरामा ल्याउन ध्यानाकर्षण पत्र बुझाएको हो । आन्दोलनमा समचार संकलन गर्न गएका एभीन्युज टेलीभिजनका फोटो पत्रकार सुरेश रजकको जलेर ज्यान जानु, अन्नपूर्णपोष्ट दैनिकको कार्यालयमा तोडफोड गरिनु, कान्तिपुर टेलीभिजनको भवनमा ढुंगामूढा गर्नु, लगायतका घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन माग गरिएको छ ।

महासंघका उपाध्यक्ष रविन श्रेष्ठनले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ; ‘ज्यान गुमाएका पत्रकार माथी गहिरो अनुसन्धान गरी संलग्नलाई कारवाही गर्न, पिडित परिवारलाई क्षतिपूर्ति दिलाउन, सन्चार माध्याम र सन्चारकर्मी माथी आक्रमण गर्ने सबैलाई कानूनी कठघरामा ल्याउन तथा क्षति पु¥याईएका  सन्चार गृह र सन्चाकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन महासंघ जोडदार माग गर्दछ ।

प्रतिक्रिया