झगनखबर
भदौ २० । जिल्लाको सुनकोशी गाउँपालिका वडा नं ८
माझगाउँ निवासी ८३ वर्षिय सोम बहादुर अधिकारी मृतअवस्थामा भेटिएका छन् । बुधबार
विहान करिब ८ः३० बजेको समयमा घर नजिकै
बाटोमा मृत अवस्थामा भेटिएका हुन् । स्थानिय छिमेकी ८३ वर्षिय तिलक बहादुर
कट्वालले लौरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरी नियन्त्रणमा
लिएको छ ।
बुधबार विहान करिब ८
बजेको समयमा मृतक अधिकारी घरबाट आफ्नो नातीले ल्याउदै गरेको दुध लिन गएका थिए ।
दुध ल्याउदै गरेको नातीलाई बाटामै भेटेर, दुध लिई घरमा आउदै थिए । घरनजिकै आइपुग्न
लाग्दा उक्त आरोपी कट्वाल मृतक अधिकारीको घरतर्फ आउदै गरेको अवस्थामा भेट भएको थियो । उक्त आरोपीले मंगबार पनि
सिस्नोघारीमा लडाईदिएको भनेर परिवारलाई मृतकले
सुनाएका थिए । भेटभएपछि मृतक अधिकारीले आरोपी कट्वाललाई हिजो मलाई बिनाकारण
सिस्नोघारीमा लडाइस्, आज फेरी मेरो घरतर्फ किन आईस भनेर दुवै जना बिच भनाभन हुँदा
आरोपीले त्यहा पनि हात हालेर कुटेको परिवारले जानकारी दिएको छ । त्यहाँ कुटाकुट
हुँदा नजिकै धारामा नुहाँउदै गरेकी मृतककी
बुहारीले थाहा पाई छुटाएर सम्झाईबुझाई गरेर पठाउनु भएको थियो । मृतक (ससुरा) भने
बुहारी भएकै ठाउँमा केहि समय बसेर घरतर्फ लागेका थिए । घर नपुग्दै बाटोको
कुइनेटोमा मृतअवस्थामा भेटिएको परिवारले जनाएको छ ।
ससुरा घरतर्फ लागेछी
बुहारी धारामै पुनः नुहाउन तर्फ लाग्नु भयो । ‘बिचबाटोमा मलाई बज्याले मारीहाल्यो नीः मारो–मारो’ भन्ने आवज घट्नास्थल नजिकै रहेको घरकी एक बृद्ध महिलाले सुनेको र हेर्न
जाँदा उत्तानो परेर ढलीरहेको अवस्थामा देखेपछी परिवारलाई खबर गर्नुभएको थियो ।
उक्त आरोपीलाई त्यहाँ भेटेका भने थिएनन् । लडिरहेको अवस्थामा भेटेपछी परिवारले
प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी कोषहाटबाट प्र.स.नी.को टोली घट्नास्थलमा
पुगेको थियो । प्रहरीले मृत भईनसकेको भनेपछी जिल्ला अस्पताल रुम्जाटारमा उपचारका
लागी लगिएको थियो । अस्पताल रुम्जाटार पु¥याउन साथ अस्पतालले मृत घोषणा गरेको
प्रहरीले जानकारी दिएको छ । अस्पतालले मृत घोषणा गरेपछी आवश्यक कानुनी प्रकृया
पुरा गरी लासको पोष्टमार्टमका लागी पठाईएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब
उपरिक्षक दिपक बहादुर केसीले बताउनु भयो ।
बाटोको कुइनेटोमा
लुकेर बसेको आरोपी कट्वालले लौरो प्रहार गरी ढालेको र संवेनसिल अंगमा प्रहार गरी
हत्या गरेको हुन सक्ने परिवारले बताएको छ । उक्त आरोपी कट्वाल अरुबेलामा पनि
सामाजिक चरित्र राम्रो नभएको स्थानियले बताएका छन् । ३।४ महिना अगाडी मृतक र आरोपी
बिच भनाभन झगडा भएको थियो । भनाभन हुँदा ‘तँलाई मार्छु, तँ मेरै हातबाट मर्छस’ भनेको सुनेको पनि स्थानियबासीले बताएका छन् । कट्वालले हातहालेर कुटेको
केहि समय पछी मृत अवस्थामा भेटिएकोले सोही तिलक बहादुरले नै कुटेर मारेको हो भनी
परिवारले किटानी गरेको छ ।
कट्वाललाई आफ्नै घरमा
खाना खाईरहेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ । सोही ब्यक्तीले
कुटेर मारेको हो वा अन्य कुनै कारणले मृत्युभएको हो थप अनुसन्धान पछी खुल्ने प्रहरीले
जनाएको छ ।
मृतकका ५ छोरा, २ छोरी ७३ वर्षिय श्रीमती हुनुहुन्छ । घरमा बृद्ध श्रीमान श्रीमती मात्र बस्नुहुथ्यो ।
(मृतकका सहोदर भाई
मोहन अधिकारी सँग गरिएको कुराकानी र प्रहरीले दिएको सुचनाको आधारमा तयार पारिएको समचार )।