झगनखबर
असार ६ । ओखलढुंगा जिल्लाका पुराना बामपन्थी
नेता तिलक गुरुङको निधन भएको छ । उपचारको क्रममा असार २ गते शनिबार राती
काठमाण्डौमा निधन भएको हो । हर्ट इन्जुरीका कारण निधन भएको नेता सिताराम गुरुङले
जानकारी दिनुभयो । बि.सं १९९३ साल भाद्र १५ गते जन्मनु भएका गुरुङको ९३ वर्षको
उमेरमा निधन भएको हो ।
साबिक रुम्जाटार
गा.वि.स. वडा नं ६ हाल सिद्धिचरण नगरपालिका वडा नं ४ रुम्जाटारमा जन्मनु भएका
गुरुङ हाल काठमाण्डौ चावहिलमा बस्दै आउनु भएको थियो । भारतीय भुपू आर्मी आसाम
राईफल्समा १४ वर्ष काम गरी हवल्दार पदमा रिटायर्ड भई अएपछि जनताको सेवामा तल्लीन
रहनुभएको थियो ।
२०२७ सालदेखि
कम्युनिष्ट आन्दोलनमा आबद्ध हुनुभएका गुरुङ नेकपा चौथो महाधिवेशन (चौम) मा
क्रियासिल भएर लाग्नु भएको थियो । २०४६ साल पछि नेपालमा बहुदल आएपछि बाममोर्चाको
जील्ला सदस्य हुनुभएको थियो । २०४७ सालमा एकता केन्द्रका जील्ला कमिटी सदस्य भएर काम गर्नु भएको थियो । २०४९ सालमा रुम्जाटार
गाविस अध्यक्षको उम्मेदवार भई निकट्तम प्रतिद्वन्दी हुनुभएको थियो । त्यसपछि
संयुत्त जनमोर्चाको देखिने समुह र भूमीगत हुने समुह गठन हुँदा उहाँ देखिने समुहको
अध्यक्ष हुनुभएको थियो । उहाँ निरन्तर २०६५ साल सम्मै संयुक्त जनमोर्चाको
अध्यक्षको भूमीकामा रहनु भएको थियो । २०६२ साल देखि २०६५ साल सम्म जिल्ला अध्यक्ष
सहित जनमोर्चा नेपालको केन्द्रिय सदस्य समेत हुनुभएको थियो । २०५६ सालमा संयुक्त
जनमोर्चाको तर्फबाट ओखलढुंगा क्षेत्र नं १ बाट प्रतिनिधी सभाको उम्मेदवार हुनुभएको
थियो भने २०६४ सालमा पनि क्षेत्र नं १ बाटै प्रतिनिधी सभाको उम्मेदवार बन्नु भएको थियो ।
२०६५ सालमा एकीकृत
नेकपा माओबादीको राज्य समितिको सचिवालय सदस्य भई काम गर्नुभएको थियो । २०७२ साल
देखि ज्येष्ट कम्युनिष्ट मन्चको केन्द्रिय सदस्य हुनुभएको थियो । उहाँले भारतीय
सेनाबापत पाउने पेन्सनबाट आधा रकम पार्टीलाई दिने गरेको नेकपा माओबादी केन्द्रका
स्थाई कमिटी सदस्य पेशल खतिवडाले जानकारी दिनुभयो ।
उहाँको परिवारमा १ छोरा,
२
छोरी र श्रीमती रहेका छन् । छोरा जेसन गुरुङ अमेरीका रहेकाले छोरा आएपछि मात्र धार्मिक
परम्परा अनुसार पशुपति आर्यघाटमा अन्तिम
संस्कार गरिने नेकपा माओबादी केन्द जील्ला समन्वय सचिवालय सस्य कान्छाराम पोखरेलले
जानकारी दिनुभयो ।
गुरुङको पार्थीव
शरिलाई अस्पतालमा राखिएको छ । २०८० साल असार ७ गते विहान १०ः३० बजे इसाई मण्डली
कालोपुल चर्चमा श्रद्धान्जलीका राखिने र दिउसो १ः३० बजे पशुपति आर्यघाटमा सामाजिक
परम्परा अनुसार दाहसंस्कार गरिने सिताराम गुरुङले जानकारी दिनुभयो ।
गुरुङको निधनले
कम्युनिष्ट आन्दोलनको इतिहाँसको धरोहर
ढलेको कम्युनिष्ट पार्टीहरुलाई अपुरणीय क्षति भएको एकीकृत समाजबादी पार्टीका केन्द्रिय
सदस्य नेत्र प्रसाद भट्टराईले बताउनुभयो ।