झगनखबर
भदौ २२ । नेपाली कांग्रेस
ओखलढुंगाले प्रत्येक वडामा ‘गाउँ सेवा दल’ गठन गरिरहेको छ ।
प्राकृतिक विपत्ती वा दैवि बिपत्तीमा परेका नागरिकहरुलाई उद्धार गर्ने, आर्थीक, भौतिक सहयोग गर्नका
लागी गाउँ सेवा दलको गठन गरिएको हो । स्थानिय तहमा भएका युवायुवतीलाई समेटेर गाउँ
सेवा दल गठन गरिने बताएका छन् । गाउँ सेवा दलले स्थानिय स्तरमा आईपर्ने साना तथा
ठुलठुला बिपतीहरुमा सहयोग गर्ने, पार्टीका नेताहरुलाई जानकारी दिने जस्ता कार्यहरु
गर्नेछन् ।
आर्थीक अभावका कारण उपचार गर्न नसकिरहेका
नागरिकलाई आर्थीक ब्यवस्थापनमा सहयोग गर्ने, सामाजिक विभेदीकरणमा परेका नागरिकहरुलाई
सहयोग गर्ने गराउने उदेश्यका साथ ‘गाउँ सेवा दल’ को गठन गरिएको जिल्ला पार्टी सचिव
राजकुमार ढुंगानाले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसको वडा सम्मेलन तथा पार्टी शुद्धीकरण अभियान
नेपाली कांग्रेस
ओखलढुंगाले ‘वडा सम्मेलन तथा पार्टी शुद्धीकरण अभियान’ भदौ २०÷३० शुरु भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सर्कुलेशन र
जिल्ला कार्यसमिति ओखलढुंगाको निर्णयअनुसार अभियान शुरु गरिएको हो ।
नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति
तेजेन्द्र खनालले मोलुङ गाउँपालिकाको वडा नं १ स्थित कुन्तादेवीबाट शुभाराम्भ
गर्नुभयो । जिल्लाका आठैवटा स्थानिय तहका ७५ वटै वडामा अभियान सन्चालन गरिएको छ
। जिल्लाका पदाधिकारीहरुलाई पालिकास्तरिय
संयोजक बनाई प्रत्येक वडाबाट अभियान सन्चालन गरिएकोे पार्टी सचिव अजय लुइटेलले
जानकारी दिनुभयो ।
स्थानिय तहका जनप्रतिनिधी र पार्टीका नेता तथा कार्यकर्ता बिच सुमधुर सम्बन्ध बिस्तार गरी दिगो र प्रभावकारी विकास गर्नको लागी अभियान सन्चालन गरिएको पार्टी सभापति तेजेन्द्र खनालले बताउनु भयो । जिल्ला कार्यसमितिले विभिन्न प्रश्नहरु राखी फर्मको विकास गरेर प्रत्येक वडामा पठाईएको छ । उक्त फर्म कृयाशिल सदस्य तथा कार्यकर्ताहरु सँग छलफल गरी भरेर प्रतिबेदनको रुपमा जिल्ला कार्यसमितिमा पेश गर्नुपर्नेछ । सबै वडाबाट आएका प्रतिबेदन माथी जिल्ला कार्यसमितिले अध्ययन तथा छलफल गरी नयाँ योजना बनाउने कांग्रेसले बताएको छ ।
वडामा भएका वडा समिति
र कृयाशिल सदस्यहरुसँग छलफल गर्नुका साथै पाका पुराना नेताहरुसँग भेटघाट, छलफल गरी कांग्रेसलाई
बलियो दर्बिलो बनाउन अभियानको शुरुवात गरिएको बताएका छन् । वडामा भएका समितिले वडा
कांग्रेस र जनप्रतिनिधीहरुको सम्बन्ध, गतिविधीहरु, उनिहरुका समस्या, सबल पक्ष र दुर्बल
पक्षको समग्रको प्रतिबेदन बनाई जिल्ला कार्यसमितिमा पेश गर्नु पर्नेछ । नेपाली
कांग्रेस सँग सम्बन्धित भातृ संगठन नेपाल विद्यार्थी संघ, तरुणदल लगायतका भातृ
तथा भगीनी संस्थाहरुको सम्मेलन र गठन पनि गरिने बताएका छन् ।
जनप्रतिनिधीहरुले
जनआकांक्षा अनुसारका गतिविधीहरु सन्चालन गरेको वा नगरेको विषयमा पनि छलफल भईरहेको
बताएका छन् । जनआकांक्षा अनुसारका विकास निर्माण नभएका ठाउँमा जनआकांक्षा अनुसारको
विकास र जनजिवीका सँग जोडिएका विषयलाई महत्व दिई विकास गर्न सल्लाह सुझाव र
निर्देशन दिने बताएका छन् ।