माघ ८ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)
नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज गरिएको छ। कैलाली निर्वाचन क्षेत्र
नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएका चौधरीको उम्मेदवारी
खारेज गरिएको हो ।
निर्वाचन अधिकृत देवराज भारतीद्वारा जारी निर्णय
आदेशमा जन्मकैदको सजाय पाएका चौधरीलाई राष्ट्रपतिबाट माफी दिइएको भए पनि मुलुकी
फौजदारी कार्यविधि संहिता,
२०७४ को दफा १५९(१०) बमोजिम
राष्ट्रपतिबाट माफी भए पनि अदालतको फैसला बदर नहुने स्पष्ट व्यवस्था रहेको उल्लेख
गरिएको छ।
रेशम चौधरीविरुद्ध २०७२ भदौ ७ गते भएको टीकापुर
हत्याकाण्डको मुख्य योजनाकारको रूपमा मुद्दा दायर भएको थियो। कैलाली जिल्ला
अदालतले २०७५ फागुन २२ गते उनलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो।
गणतन्त्र दिवस २०८० जेठ १५ गते राष्ट्रपतिबाट आममाफी पाएपछि चौधरी रिहा हुनुभएको
थियो । निर्वाचन आयोगको मिति २०८०।११।२४
को निर्णयअनुसार चौधरी राजनीतिक दलको सदस्य बन्नसमेत अयोग्य हुने उल्लेख छ।