राजकुमार कार्की
मंसिर २६ ।
नेपाली कम्युनिष्ट पार्टी ओखलढुंगाको एकता सन्देश सभा सम्पन्न भएको छ । जिल्ला
समन्वय समितिको सभाहलमा शुक्रबार एकता सन्देशसभा सम्पन्न भएको हो । गत भदौमा भएको
जेन्जी आन्दोलन पछि माओबादी, समाजबादी लगायतका
पार्टीहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको जिल्ला एकता सन्देश सभा गरिएको
छ । केन्द्रमा भएको एकता अनुसार प्रदेश जिल्ला र स्थानीय तहमा समेत एकता सन्देश
सभा गरिने नेपाली कम्युनिष्ट पार्टीले जानकारी दिएको छ । वडा तहसम्म एकता सन्देश
सभा गरिने पार्टीको जिल्ला सभा सम्पन्न भएको छ । पालिका र वडा तहमा क्रमशः सन्देश
सभा गरिने पार्टीले जनाएको छ ।
तत्कालीन एकीकृत
समाजबादीका जिल्ला अध्यक्ष मेख बहादुर खड्काको अध्यक्षतामा भएको एकता सन्देश सभामा
तत्कालीन नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक रामकुमार कार्कीले कार्यक्रम
सन्चालन गर्नुभएको थियो । केन्द्रीय महाधिवेशन समितिका सदस्य सावित्री कुमार
काफ्लेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्लास्थित नेपाली कम्युनिष्ट
पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै
प्रमुख अतिथी काफ्लेले नेपालका अन्य कम्युनिष्ट पार्टीको तुलनामा फरक विचार र
उदेश्य लिएर देश परिवर्तन गर्न पार्टीको जन्म भएको बताउनु भयो । नेपाली जनताको
जनभावना र आवश्यक्तालाई बोकेर समाज परिवर्तन गर्न सक्ने पार्टीको रुपमा नेपाली
कम्युनिष्ट पार्टीको उदय भएको समेत बताउनु भयो ।