गुडीरहेको सुमोमा आगो लाग्यो,


ओखलढुंगा २६, फागुन । काठमाण्डौ बाट सोलु तर्फ आउदै गरेको सुमोमा शुक्रबार  दिउसो आगो लागेको छ । मानेभन्ज्याङ गाउँपालिका वडा नं. ७ स्थित हिलेपानीमा दिउसो करिब २ बजेको समयमा गुडीरहेकै अवस्थमा आगो लागेको हो । ना १ ज ८८८२ को नम्बरको सुमो गाडीको इन्जीन तातेर वायरिङको तार सर्ट भई आगो लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुमोमा आगो लागेको थाहा पाउने बितिक्कै  यात्रुहरु ओर्लिन सफल भएका कारण सबै यात्रुहर सकुशल रहेको जनाएका छन् । सुमोमा चालक सहित ९ जना यात्रु सवार थिए । प्रहरीको सहायतामा आगो नियन्त्रण्मा लिएको बताएका छन् । गाडी पुर्ण रुपमा क्षति भएको प्रहरी नायब उपरिक्षक दिपक केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया