सोमबारका महत्वपुर्ण समचारहरुको संग्रह

झगनखबर.कम

फागुन ७ :

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

 रौतहटको ईशनाथ नगरपालिकाको मोतिपूरमा भएको विवादलाई लिएर वीरगञ्जमा आज सोमबार प्रदर्शन भएको थियो ।

वीरगञ्जमा भएको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति आएकाले कर्फ्यू आदेश जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।


गगनलाई देउवाको काउन्टर : गठबन्धन गर्ने नगर्ने तत्कालीन परिस्थितिमा निर्भर रहन्छ

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा गठबन्धन नगर्ने संकल्प गर्नुपर्ने महामन्त्री गगन थापाको प्रस्तावको विरोध गरेका छन् । ललितपुरको गोदाबरीमा सोमबार सुरु भएको महासमिति बैठकलाई सम्बोधन गर्दै देउवाले भोलिका दिनमा हुने चुनावमा गठबन्धन गर्ने कि नगर्ने विषय तत्कालीन परिस्थितिमा निर्भर रहने बताएका हुन् ।

महामन्त्री थापाको सांगठनिक प्रतिवेदनमा भने अरु चुनाव चिह्नमा मत दिन लगाउँदा कांग्रेसका कार्यकर्ता मात्र होइन, समर्थक समेत असन्तुष्ट रहेको भन्दै अब कुनै पनि चुनावमा गठबन्धन नगर्ने संकल्प गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

 प्रहरीमा जागिर लगाइदिने भनेर बलात्कार गरेको आरोपमा एक जना पक्राउ

प्रहरीले बलात्कार आरोपमा दैलेखका २९ वर्षीय लोकेन्द्रकुमार तिरुवालाई पक्राउ गरेको छ । एक युवतीलाई प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर बलात्कार गरेको उजुरी परेपछि प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरी वृत्त, जनसेवामा दर्ता भएको जाहेरी अनुसार, जाजरकोट घर भएकी पीडितसँग उनको एक महिनाअघि फेसबुकमार्फत चिनजान भएको थियो । त्यसक्रममा युवतीले आफूले प्रहरीमा जागिर खाने तयारी गरिरहेको बताएकी थिइन् ।

डीएसपी हुँ भन्दै गाडी चालकलाई अपशब्द प्रयोग गर्ने प्रविण श्रेष्ठ पक्राउ 

सार्वजनिकस्थानमा निजी गाडी चालकलाई अपशब्द प्रयोग गर्ने काठमाडौं चुनदेवीका प्रविण श्रेष्ठ पक्राउ परेका छन् । एक जना निजी गाडी चालकलाई उनले रातिको समयमा काठमाडौंको सार्वजनिकस्थानमा अपशब्द प्रयोग गर्दै रंगभेदी गाली गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उनलाई नैतिकताविरुद्धको कसुर गरेको आरोपमा पक्राउ गरी अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ । उनी नेपाल प्रहरीको बाहलवाला तथा अवकास प्राप्त कर्मचारी नभएको समेत प्रहरीले स्पष्ट पारेको छ ।

जिबी राईको सहकारी ठगी प्रकरणबारे अनुसन्धान गर्न पोखरा पुग्यो सिआइबी टोली

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्‍युरो ९सिआइबी० को टोली पोखरा पुगेको छ। सिआइबीले प्रहरी निरीक्षकको कमाण्डमा प्राविधिक टोली पोखरा पठाएर अनुसन्धान थालेको प्रहरी स्रोतले जानकारी दिएको छ। माघ २४ गते ग्यालेक्सी टेलिभिजनका पूर्व साझेदार एवं पूर्वडिआइजी छविलाल जोशीको घरमा छापा मारेको थियो। पूर्वडिआइजी जोशी ग्यालेक्सी टेलिभिजन चलाउने गोरखा मिडिया नेटवर्कका संस्थापक थिए। त्यसमा जिबी राईको ५० प्रतिशत र पूर्वडिआइजी जोशीको नाममा ३५ प्रतिशत शेयर थियो।

गोर्खा मिडियाको नाममा सूर्यदर्शन सहकारीबाट धितोबिना १ करोड, अर्कोपटक १ करोड ३० लाख ८९ हजार ऋण‍ दिएको फेला परेको थियो।

उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीको नियत खराब छः महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्ने प्रक्रियामा नागरिकलाई झुक्याउने काम गरेको आरोप लगाएका छन् । सरकारले केही दिनभित्रै राजनीतिक भागबण्डाको आधारमा नै उपकुलपति नियुक्ति गर्ने तयारी गरिरहेको तर खुला प्रतिष्पर्धा भनेर जनतालाई झुक्याउने काम गरेको उनको टिप्पणी छ । विश्वविद्यालयको नेतृत्व चयनदेखि पठनपाठन लगायत धेरै विषयमा सुधार गर्नुपर्ने भएपनि प्रधानमन्त्रीले पुनः गल्ती दोहार्‍याएको उनले सोमबार बताए ।

खुलामञ्चलाई फुटबल मैदान बनाउने निर्णयविरुद्ध नागरिक भेला

अकुपाई टुँडिखेलले सोमबार खुलामञ्चमा नागरिक भेला आयोजना गरेको छ । काठमाडौँ महानगरपालिकाले खुला मञ्चलाई फुटबल मैदान बनाउन लागेको निर्णयविरुद्ध सो संस्थाले नागरिक भेला आयोजना गरेको हो । भेलामा उपस्थित वक्ताहरुले आम नागरिकका लागि खुलामञ्च खुला नै रहनुपर्नेमा जोड दिए ।

विद्यालय शिक्षा विधेयक परिमार्जनसहित पारित हुन्छ स् प्रधानमन्त्री

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयकपरिमार्जन गरी पारित हुने बताउनुभएको छ । समाजवादी शैक्षिक मञ्चले आज यहाँ आयोजना गरेको नेपालको शैक्षिक आन्दोलन र विद्यालय शिक्षा विधेयकविषयक कार्यशालामा प्रधानमन्त्रीले सो विधेयकलाई परिमार्जन गरी समृद्ध बनाइने उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले संसदमा विचाराधीन विधेयकबारे गठबन्धन दल र प्रतिपक्षीसँग समेत छलफल गरिएको जानकारी गराउँदै संसदमा दर्ता भएका संशोधन प्रस्तावका आधारमा विधेयक संशोधन हुने बताउनुभयो ।

प्रधानमन्त्रीले असफलसिद्ध व्यक्तिलाई त्रिविको उपकुलपति नियुक्त गर्दैछन् : अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले असफलसिद्ध व्यक्ति त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त हुन लागेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।

उपकुलपति छनौटमा भागबण्डा नभई एकलौटी गर्ने नयाँ तरिकाअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले असफलसिद्ध भइसकेको व्यक्तिलाई सो विश्वविद्यालयको उपकुलपति बनाउन लागेको ओलीको जिकिर थियो । सोमवार काठमाडौंमा आयोजित राष्ट्रसेवक सहकारी संस्था लिमिटेडहरुको पाँचौं राष्ट्रिय सहकारी भेलामा बोल्दै उहाँले ३ जना असफलसिद्ध भइसकेका व्यक्तिलाई छनौट गरेर सरकारले तीमध्ये पनि सबभन्दा असफल तेस्रो नम्बरका व्यक्तिलाई सो विश्वविद्यालयको उपकुलपति नियुक्त गर्लान् भन्ने अनुमान आफूले गरेको पनि बताउनु भयो ।

काठमाडौंतराई द्रुत मार्गको भौतिक प्रगति ३१ प्रतिशत, तीनवटा सुरुङको निर्माण जारी

काठमाडौंतराई द्रुत मार्गको पछिल्लो ६ वर्षमा ३०।९६ प्रतिशत निर्माण कार्यसम्पन्न भएको छ । ललितपुरको खोकनादेखि बाराको निजगढसम्म ७०।९७७ किमि फास्ट ट्रयाक निर्माण कार्य करिव ३१ प्रतिशत भौतिक प्रगति भएको नेपाली सेनाले बताएको छ । द्रुत मार्गको निर्माण कार्य सुस्त देखिए पनि पछिल्लो समय फास्ट ट्रयाकमा पर्ने सुरुङ निर्माणको काम भने तिब्र गतिमा काम भइरहेको छ । नेपाली सेनाले काठमाडौंतराई द्रुत मार्गलाई १३ प्याकेज बनाई काम अघि बढाएको छ । काठमाडौंतराई द्रुत मार्गको अहिलेसम्म ५० किलोमिटर सडक निर्माणको लागि ठेक्का लागिसकेको छ भने ५ वटा प्याकेजको ठेक्का लाग्न बाँकी रहेको नेपाली सेनाले बताएको छ । ठेक्का लागेका आयोजनाको काम तिब्रगतिमा भइरहेको र अहिलेकै गतिमा काम भए आगमी २ वर्षमा भित्रै निर्माण कार्य सकिने नेपाली सेनाले जनाएको छ । काठमाडौंबाटै द्रुतमार्ग प्रवेश गर्ने प्याकेज ११ मा पर्ने खोकनामा जग्गा विवादले ६।५ किमि ठेक्का लाग्न बाँकी रहेको आयोजना प्रमुख विकास पोखरेलले बताउनु भयो । उहाँले फास्ट ट्रयाक निर्माणको लागि आयोजना ठेक्का लाग्न नसके अगाडि बढ्न नसक्ने बताउनु भयो । उहाँले अहिलेसम्म १ देखि ७ सम्म र १० नम्बर प्याकेजको ठेक्का भइसकेको बताउनु भयो ।

महायज्ञबाट चार करोड १७ लाख संकलन

पश्चिम नवलपरासीको सुनवलमा हाम्रो सुनवल निर्माण सत्मार्ग महायज्ञ मूल समारोह समितिको आयोजनामा गत माघ १ गतेदेखि ८ गतेसम्म सुनवलमा सम्पन योग तथा बहुउपयोगी ध्यान भवन निर्माणार्थ श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञमा चार करोड १७ लाख बराबर संकलन भएको छ । शनिबार सुनवल सी गेटमा एक कार्यक्रममार्फत् समितिले महायज्ञको आयव्यय सार्वजनिक सुनुवाइ तथा सम्मान कार्यक्रम गर्दै आम्दानी सार्वजनिक गरेको हो । महायज्ञका संयोजक भीमबहादुर थापा९भरत०को अध्यक्षता एवं लुम्बिनी प्रदेश सांसद खड्ग बस्नेतको उपस्थिति रहेको कार्यक्रममा आर्थिक संयोजक मोहन कार्कीले चार करोड १७ लाख ७४ हजार तीन सय ४० रुपैयाँको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले यज्ञ अवधिभर विभिन्न शीर्षकमा ५६ लाख चार हजार तीन सय ६७ रुपैयाँ खर्च भएको जानकारी गराउनुभयो ।

 मेलम्ची आयोजनामा भीम उपाध्यायसहित ३ पूर्वसचिव विरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा ठेकेदारलाई बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको भन्दै भीम उपाध्यायसहित ३ जना पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियारले पूर्वसचिव सञ्जय शर्मा, भीम उपाध्याय र गजेन्द्र ठाकुर, मेलम्ची खानेपानी आयोजनाका ३ जना कार्यकारी निर्देशक, ३ जना बोर्ड सदस्य र कर्मचारी गरी १५ जना, ठेकेदार र परामर्शदाताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

पपुवा न्यू गिनीको पहाडी इलाकामा भएको जातीय भिडन्तमा कम्तीमा ६४ जनाको मृत्यु

पपुवा न्यू गिनीको उच्च पहाडी क्षेत्रमा भएको जातीय द्वन्द्वमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् । पपुवा न्यूगिनीको स्थानीय पत्रिका पोस्ट कुरियरका अनुसार एङ्गा प्रान्तको वापेनामान्डाको प्रहरीले आइतबार बिहानदेखि सुरु भएको भिडन्तपछि सडक किनार, घाँसे मैदान र पहाडबाट ६४ जनाको शव फेला परेको पुष्टि गरेको छ । सुरक्षाकर्मीले झाडीमा अझै केही शव रहेको बताएका छन् । यसअघि अस्ट्रेलियाली समाचार संस्था एबिसी न्युजले आदिवासी समुदायबीचको भिडन्तमा कम्तीमा ५३ जनाको मृत्यु भएको र झाडीमा अझै धेरै मानिसको मृत शरीर रहेको हुनसक्ने बताएको थियो ।

 विभिन्न सन्चारमाध्यामको सहयोगमा 

प्रतिक्रिया