रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आठौ वार्षिकोत्सव


राजकुमार कार्की

 भदौ १५ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ओखलढुंगाले वार्षिकोत्सव मनाएको छ । कम्पनी नवौ वर्षमा प्रबेश गरेको अवसरमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो ।  २०७४ साल भदौ १५ गते आजैका दिनदेखि रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले औपचारीक रुपमा सन्चालनमा आएको थियो । आठौ वर्ष पुरा गरि नवौ वर्ष प्रबेश गरेको अवसरमा अभिकर्ता, बिमित जम्मा भई केक काटेर खुशियाली सहित वार्षिकोत्सव मनाएको कर्मचारी लिलामाया थापा कार्कीले जाकारी दिनुभयो ।

ओखलढुंगा जिल्लामा बीमा क्षेत्रको छुट्टै पहिचान बनाउन सफल यस कम्पनीले स्थानीयको मन जितेर काम गरिरहेको छ । उपयुक्त सुविधासहित नागरिकस्तरमा पुगेको यो कम्पनीले सहज सेवा र सुविधा वितरण गरेकै कारण लोकप्रिय कम्पनी बन्न सफल भएको कर्मचारी थापा कार्कीले बताउनुभयो । ओखलढुंगा जिल्लामा नगरिकको विश्वास जितेकै कारण जिल्लामै पहिलो पटक एमडीआरटी बनाउन  सफल भएको बताउनु भयो । समग्र अभिकर्ताहरुको लगशिलता र विमितहरुको विश्वासका कारण कम्पनीलाई अग्रस्थान पु¥याउन सफल भएको कार्यालयले जनाएको छ ।

यस कम्पनीले देशभरीबाट गत आवको असार मसान्त सम्म ४७ प्रतिशतले खुद नाफा बढाएको छ । कुल बीमा ब्यावसायबाट १३ अर्ब ५७ करोड रुपैयाको जीवन बीमा कोष समेत खडा गरेको केन्द्रीय कार्यालयले जानकरी दिएको छ । उदय नेपाली श्रेष्ठ अध्यक्ष रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा नारायण बाबु लोहनी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा हुनुहुन्छ ।


प्रतिक्रिया