नेपाली कांग्रेसका तिन मन्त्री थप


बैशाख २० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रीपरिषद् विस्तार गरेका छन् ।  प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले  मोहनबहादुर बस्नेत, धनराज गुरूङ र  डिगबहादुर लिम्बूलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत ११ पुसमा गठित मौजुदा मन्त्रीपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा  मन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, लिम्बूलाई युवा तथा खेलकुद मन्त्रालय र गुरूङलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।


प्रतिक्रिया