झगनखबर
पुस २८ । खिजीचण्डेश्वरीमा भिरबाट लडेर
एक पुरुषको निधन भएको छ । खिजीदेम्बा गाउँपालिका वडा नं ३ का ६७ वर्षीय खेमराज
सुनुवारको निधन भएको हो । मिस्त्री काम गर्दै आएका सुनुवार कामकै लागी घरबाट रगनी
गएका थिए । शुक्रबार विहान करिब ६ बजेको समयमा मिस्त्री काम गर्न रगनी जान्छु भनी
हिडेको तर बेलुका साँझ सम्म पनि घर नआएपछि परिवारले खोजतलास गरेको थियो । खोजतलसा
गर्ने क्रममा डाँडापारी चुस्कु भन्ने भिरबाट लडी मृतअवस्थामा फेला परेको परिवार
श्रोतले जानकारी दिएको छ । गोरेटो बाटोबाट करिब पाँचसय मिटर भन्दा तल मृतअवस्थामा
फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय खिजीफलाटेबाट गएको
प्रहरी टोलीले आवश्यक प्रकृया पुरा गरी शव परिक्षणका लागी रुम्जाटार पठाईएको
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।
२८ पुस २०८०, शनिवार १२:४१ मा प्रकाशित
685