झगनखबर
पुस २४ । तपस्वी रामबहादुर बम्जनलाई
प्रहरीले पक्राउ गरेको छ । लामो समयदेखि प्रहरीको खोजीमा रहेका बम्जन काठमाडौंबाट
पक्राउ परेका हुन् ।
उनलाई केन्द्रीय अनुसन्धान ब्युरो
(सीआईबी) को टोलीले मंगलवार काठमाडौंको बूढानिलकण्ठबाट मंगलवार पक्राउ गरेको हो ।
बम्जनमाथि सर्लाही, नुवोकाट, मकवानपुरका केही मानिसलाई वेपत्ता पारेको आरोप छ । सर्लाहीको आश्रममा
बलात्कार गरेको उजुरी छ ।
सीआईबीले लामो समयदेखि बम्जनको खोजी
गरिरहेको थियो । पुस २०७६ मा सिन्धुपाल्चोकको इन्द्रवती–६ बाँडेगाउँ तथा असार २०७७ मा कमलामाई
नगरपालिका ९ पैरेको आश्रममा छापा समेत हानेको थियो ।
२४ पुस २०८०, मङ्गलबार ०८:०४ मा प्रकाशित
582