यो साता
कार्यक्षेत्रमा अरुले गरेका भनेका कुरा चित्त नबुझला । मालसामान हराउन सक्छ, होसियार रहनु पर्छ । बेसुरमा वचन दिने बानीले
अप्ठ्यारो पार्न सक्छ । मध्य सातामा विद्या र बुद्धिको विकास हुनेछ । विभिन्न
कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ । यो साताका लागि शुभ अङ्क ३, ८ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु
पूर्व नवग्रहको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
वृष : इ,
उ,
ए,
ओ,
वा,
वि,
वु,
वे,
वो
यो साता एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ
। शुभकार्यमा सरिक भइनेछ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै
रहनेछ । मध्य सातामा प्रेममा बाधाका साथै मन कमजोर रहला । आज आर्थिक कारोबारमा
विवाद बढ्नेछ । यो साताका लागि शुभ अङ्क ३, ५ र शुभ रङ्ग रातो वा हरियो हो । कुनै
शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो हप्ता शुभ समाचार सुन्न पाइएला । समाजमा
प्रभाव पार्न सकिनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक
तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीले नयाँ प्रस्ताव राख्न सक्छन् । वैदेशिक
क्षेत्रको काम पनि विस्तारै अघि बढ्नेछ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पहेँलो
वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ
गर्दा अधिक लाभ मिल्नेछ ।
यो साता महत्त्वपूर्ण कामको जिम्मेवारी
आइलाग्नसक्छ । धन हात पर्ने र भौतिक सुख मिल्नेछ । राजनीतिक कार्यमा ख्याति कमाउने
योग छ । साताको अन्त्यमा शेयर बजार तथा व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला । यो
साताका लागि शुभ अङ्क ३, ५ र शुभ रङ्ग नीलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि शिवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो हप्तामा चुनौतीको सामना गरी गलत निर्णय
लिनपुगिएला सचेत रहनुहोला । गरेको कार्यमा अवरोध आउला । सामान हराउने वा चोरी हुने
भय छ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । साताको मध्यबाट छोटो समयमा विशेष उपलब्धि
हासिल गर्न सकिनेछ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग खैरो वा गुलाबी हो । कुनै
शुभकर्म गर्नु पूर्व सूर्यनारायणको दर्शन गरी यात्रा आरम्भ गर्दा अधिक सफलता
मिल्नेछ ।
यो साता बढी मिहिनेतले बढी फाइदा मिल्नेछ ।
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ विशिष्ट व्यक्तिबाट हौसला
प्राप्त हुनेछ । मनोरञ्जन पनि होला । साताको अन्त्यमा यात्रामा सावधानी अपनाउनु
पर्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यो साताका लागि शुभ अङ्क २, ८ र शुभ रङ्ग गुलाबी
वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको स्मरण गरी कार्य आरम्भ गर्दा
अधिक सफलता मिल्नेछ ।
यो साता रोकिएका काम पुन सुरु हुन सक्छन् ।
मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । नसोचेको ठाउँबाट धन हात पर्नसक्छ ।
प्राविधिक कार्यमा सफलता मिल्नेछ मध्य सातामा जिद्दीपना बढ्न सक्छ। विचार पुर्याएर
निर्णय लिनु राम्रो होला । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग कालो
हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शन गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।
यो साता महत्त्वपूर्ण कामको जिम्मेवारी
आइलाग्नसक्छ । शुभकार्यको चर्चा चल्ने र नयाँ कार्यको योजना बन्नेछ । परिश्रम
अनुसार उपलब्धि पनि राम्रै पाइनेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । पुरानो र
बिर्सिसकेको साथीको सम्झना आउनेछ । यो साताका लागि शुभ अङ्क २, ८ र शुभ रङ्ग
सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको
स्मरण गर्नाले राम्रो हुनेछ ।
यो साता ताके अनुरूप काम
नबन्नाले दिक्क लाग्नेछ । मान्यजनको सुझाव अप्रिय लाग्नसक्छ । साताको मध्यबाट
आफन्तको सल्लाह, सहयोग र
हौसला पाईनेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । घरमा अतिथिको आगमन हुनेछ ।
यो साताका लागि शुभ अङ्क ४, ७ र शुभ
रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना
गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
यो साता कला र गलाको प्रभाव
बढ्नेछ । मनोरञ्जनमा सहभागिता भइएला । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर
जुट्ला । नयाँ वस्त्र, अलङ्कारको
प्राप्ति हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । कृषि क्षेत्रबाट सफलता
मिल्नेछ । यो साताका लागि शुभ अङ्क २, ५ र शुभ रङ्ग सेतो वा रातो हो ।
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको ध्यान गरी कार्य
आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
यो साता नयाँ ज्ञान सिक्ने मौका
पनि मिल्नेछ । प्रेमप्रसङ्गमा रमाइलोपन आउनेछ । सन्तानबाट सहयोग मिल्नेछ । रोकिएका
काम पुन सुरु हुन सक्छन् । घरजग्गाको कारोबारमा विशेष सफलता मिल्नेछ । आकस्मिक
धनलाभ हुनसक्छ । यो साताका लागि शुभ अङ्क ४, ७ र शुभ रङ्ग सेतो वा खैरो हो ।
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिव भगवानको दर्शन गरी कार्य आरम्भ
गर्दा अधिक लाभ मिल्नेछ ।
यो सातामा प्राय सबै दिनहरू भाग्यशाली भएर
देखा पर्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । सहयोग गर्ने र आश्वासन
बाढ्नेहरु धेरै भेटिनेछन् । व्यावसायिक योजनाको सम्भावना पनि छ । हरियो रङ्गको
पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्याउनेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग गुलाबी वा हरियो हो । कुनै
शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।