मुलुकको सम्मृद्धीका लागि हिन्दुराष्ट्र प्रमुख एजेन्डा बन्नुपर्नेमा जोड

 झगनखबर 

चैत १६ सनातन हिन्दुराष्ट घोषणा महाअभियानको बिशेष बैठकले सनातन हिन्दुराष्ट्र मुलुकको एजेण्डा बन्नु पर्नेमा जोड दिएका छन्   शुक्रबार धुम्बहाराहीस्थित स्मार्ट मलमा आयोजित छलफल कार्यक्रममा बोल्दै मुलुकको समृद्धिका लागि  हिन्दु राष्ट्र महाअभियान मुलुककै एजेन्डा बन्नु पर्नेमा जोड दिएका हुन्  

छलफलमा सहभागी कांग्रेसका अधिकांश नेताहरुले सनातन हिन्दुराष्ट्र कायम राख्नु पर्छ भन्ने अभियानलाई बृहत् बहसका रुपमा लैजानुपर्ने बताएका छन् महाअभियानका संयोजक नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद शंकर भण्डारीले कांग्रेसको महासमिति बैठकबाट बहसको विषय बनेको बताउनु भयो  प्रधानमन्त्री प्रचण्डले समेत सदनमा यो विषयलाई गम्भीर रुपमा लिनुभएको , भण्डारीले भन्नुभयो,–महासमिति बैठकमा लगेको प्रस्तावलाई स्वीकार गरिसकेको अवस्था अरु दलका साथिहरुले समेत कांग्रेसले लिडरोल लिईदियोस भन्ने चाहाना व्यक्त गरेको उहाँको भनाई कांग्रेस पार्टीले यो विषयलाई मुल मुद्दा बनाएर अघि बढ्नुपर्ने सबै क्षत्रबाट सुझाव आएको  भन्दै  भण्डारीले एक हप्ताभित्रै सभापतिलाई भेटेर अभियानलाई व्यापकता बनाउने बताउनु भयो

छलफलमा पूर्व मन्त्री एवं नेपाली कांग्रेस कन्द्रीय सदस्य पुष्पा भुषाले सनातन हिन्दुराष्ट्र कायम राख्नु पर्छ भन्ने अभियानलाई बृहत् बहसका रुपमा लैजानु पर्ने  बताउनु भयो   राष्टसँग जोडिएको विषय भएकाले लोकतन्त्रको मूल्य मान्यता बोकेको कांग्रेसले यो मुद्दाको नेतृत्व लिनु पर्ने उहाँको भनाई   सनातन हिन्दुराष्ट्रसँग नेपाल राष्ट्र नेपाली जनतासंग जोडिएकाले पार्टीभित्र खुल्ला बहस सुरु भएको हो, भुसालले भन्नु भयो केन्द्रीय समितिका ४० प्रतिशतले यो एजेन्डालाई स्वीकार गरिसकेको अभियानलाई सातवटै प्रदेशमा संस्थागत गर्दै बैचारिक ढंगले अघि बढाउनु पर्ने अभियन्ताहरुलाई सुझाव दिनुभयो

त्यस्तै केन्द्रीय सदस्य तथा पूर्व मन्त्री देबेन्द्र कडेलले कांग्रेसको केन्द्रीय कार्य समितिमा कडा रुपमा प्रस्तुत हुनुपर्ने भन्दै यो अभियान अन्तरास्ट्रिय रुपमा उठ्नु पर्ने बताउनु भयो छलफलमा पूर्व मन्त्री समेत रहेकी केन्द्रीय सदस्य उमा रेग्मीले मुलुकको पहिचानको समस्या होला भन्ने त्रास बढेको बताउनु भयो 

 संविधानसभा सदस्य मोक्तार अहमद्ले गणतन्त्रमा छाडापन बढेको जिकीर गर्दै हिन्दुराष्ट्रले कसैको कुभलो नगर्ने बताउनु भयो  हिन्दुराज्यले सबै धर्मको अस्तित्व जोगिने बिश्वास व्यक्त गरे नेपाल तरुणदलका पूर्व महामन्त्री पुष्प पराजुलीले सनातन हिन्दुराज्य मुलुकको समृद्धिसंग जोडिएकाले यसैको माध्यामबाट नेपाललाई संसारका सनातन धर्महरुको केन्द्र बनाउन सकिने बताए छलफलमा  दर्जन बढी सांसदहरु सहभागी थिए स्मार्ट मल सुकेधारामा भएको छलफलमा अभियानका पक्षमा हस्ताक्षर गर्ने  अधिकांश केन्द्रीय सदस्यहरु सहभागी थिए

प्रतिक्रिया