कार्तिक ३ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य
निर्वाचनमा कुन जिल्लामा कति मतदाता रहेका छन्, सबैको चासोको विषय हो
। २०७९ साल मंसिर ३ गते सम्म १८ वर्ष पुरा भएका नेपाली नागरिकहरुले मताधिकार
पाउनेछन् । निर्वाचन आयोग, नेपालका अनुसार सबै
भन्दा बढी मतदाता भएको जिल्ला मोरङ हो । मोरङ जिल्लामा जम्मा मतदाता संख्या ७ लाख
३५ हजार ५२५ रहेको र देशै भरी सबै
जिल्लाको भन्दा बढी मतदाता संख्या भएको निर्वाचन आयोग, नेपालले जनाएको छ ।
तर जिल्ला निर्वाचन कार्यालय विराटनगर महानगरपालिका १०, तिनटोलियाले भने मोरङ जिल्लाको मतदाता संख्या निर्वाचन आयोग, नेपालले प्रकाशन गरेको अन्तिम नामावली संख्या भन्दा कम मतदाता संख्या देखिएको छ । जिल्ला निर्वाचन कार्यालय विराटनगर महानगरपालिका १०, तिनटोलियाका अनुसार, महिला मतदाता संख्या ७ लाख १५ हजार २२३, पुरुष मतदाता संख्या ३ लाख ६३ हजार ४४८ र अन्य ६ जना गरी जम्मा मतदाता संख्या ७ लाख १५ हजार २२३ रहेको विवरण प्रकाशन गरेको छ ।