दल र जनप्रतिनिधी प्रति नागरिक असन्तुष्टि


झगनखबर

भदौ ३० । राजनितिक दल र जनप्रतिनिधी प्रति स्थानिय नागरिकहरुको असन्तुष्टि रहेको पाइएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाले आयोजना गरेको वडा सम्मेलन कार्यक्रममा स्थानिय नागरिकले असन्तुष्टि ब्यक्त गरेका हुन् । 

दलका नेताहरु भोट माग्न मात्रै गाउँघरमा आउने गरेको जितेपछी  स्थानियस्तरमा आइपर्ने सामान्य समस्याको पनि वास्ता नगरेको नागरिकले आरोप लगाएका छन् । रोजगारीको अभावका कारण युवाविहिन हुदै गरेको गाउँमा राजनितिक दल र निर्वाचित जनप्रतिनिधीको बेवास्ताका कारण गाउँ झनै बिकराल बन्दै गरेको बताएका हुन् । रोजगारीको अभाव, गुणस्तरिय शिक्षा, सामान्य स्वस्थ्य सेवा, कृषी उत्पादनको बजारीकरण अभाव लगायतका नागरिकका आधारभूत आवश्यक्ता परिपुर्तीका लागी राज्य नै शुस्त भएको आरोप नागरिकले लगाएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाले केहि स्थानिय तहमा गरेको वडा सम्मेलन तथा गुनासो सुनुवाई कार्यक्रम सम्पन्न गरी पत्रकार भेटघाटमार्फत जानकारी दिइएको छ । पार्टीका जिल्ला सचिव अजय लुइटेलको अध्यक्षतामा  शानिबार बिपी स्मृती भवन ओखलढुंगामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा आफुहरु नागरिकका बिचमा जाँदा नागरिकले गुनासो मात्रै गरेको बताएका छन् । जनप्रतिनिधीले जनताको अपेक्षाकृत काम गर्न नसकेको गुनासो धेरै आएको बताएका छन् ।

कार्यक्रममा संगठन विभाग प्रमुख भुपेन्द्र बस्नेत, प्रवक्ता प्रदिप बानिँया, भूमी आयोग अध्यक्ष पुरुषोतम लुइटेल लगायतको उपस्थिती रहेको थियो ।

 

 

 

प्रतिक्रिया