राष्ट्रपति निर्वाचनमा मतदान हुँदै


 काठमाण्डौ २५, फागुन । राष्ट्रपतिको  निर्वाचनमा  मतदान भइरहेको छ । बिहीबार विहान १० बजेदेखि संघीय संसद भवन नयाँ बानेश्वरमा मतदान भईरहेको हो । संघीय संसद र प्रदेशसभा सदस्य गरी जम्मा ८ सय ८३ जना मतदाता रहेका छन् ।

राष्ट्रपतिका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका ८ दलले रामचन्द्र पौडेललाई उम्मेदवार बनाएका छन् । नेकपा एमालेले भने सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ । अहिले सम्म कसलाई समर्थन गर्ने भन्ने विषयमा नबोली बसेको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहिबार पार्टी पदाधिकारीको बैठक बसी रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ । रास्वपाले पनि पौडेललाई समर्थन गरेपछि समर्थन गर्ने दल ९ वटा पुगेको छ ।  दलहरुले गरेको निर्णयानुसार मत खस्ने हो भने रामचन्द्र पौडेलको जित सुनिश्ति जस्तै छ ।

छन् ।

प्रतिक्रिया