मेष चु,
चे, चो, ला, लि, लु, ले, लो, अ
यो सातामा प्राय: सबै दिनहरू
भाग्यशाली भएर देखा पर्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ । लगनशीलताले कामहरू
अगाडि बढ्नेछन् । व्यावसायिक योजनाको सम्भावना पनि छ । हरियो रङ्गको पहिरनले
चुनौतीबाट मुक्त हुन सहयोग पुर्याउनेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग गुलाबी वा हरियो
हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता
मिल्नेछ ।
वृष इ, उ,
ए, ओ,
वा, वि,
वु, वे,
वो
यो हप्तामा चुनौतीको सामना गरी गलत निर्णय
लिन पुगिएला सचेत रहनुहोला । गरेको कार्यमा अवरोध आउला । सामान हराउने वा चोरी
हुने भय छ । यात्रा गर्ने अवसर पनि जुट्नेछ । साताको मध्यबाट छोटो समयमा विशेष
उपलब्धि हासिल गर्न सकिनेछ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग खैरो
वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यनारायणको दर्शन गरी यात्रा आरम्भ
गर्दा अधिक सफलता मिल्नेछ ।
मिथुन का, कि,
कु, घ,
ङ, छ,
के, को,
हा
यो साता एउटै कामबाट दोहोरो लाभ
मिल्न सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । पारिवारिक जीवन र
प्रणय सम्बन्धमा पनि सकारात्मकता नै रहनेछ । मध्य सातामा प्रेममा बाधाका साथै मन
कमजोर रहला । आज आर्थिक कारोबारमा विवाद बढ्नेछ । यो साताका लागि शुभ अङ्क ३, ५ र शुभ रङ्ग रातो वा हरियो हो
। कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता
मिल्नेछ ।
कर्कट हि, हु,
हे, हो,
डा, डि,
डु, डे,
डो
यो साता
कार्यक्षेत्रमा अरुले गरेका भनेका कुरा चित्त नबुझ्ला । मालसामान हराउन सक्छ, होसियार रहनु पर्छ । आम्दानीमा पनि कमी आउनेछ ।
मध्य सातामा विद्या र बुद्धिको विकास हुनेछ । विभिन्न कार्यक्रममा नेतृत्वदायक
भूमिका निर्वाह गर्न पाइनेछ । यो साताका लागि शुभ अङ्क ३, ८ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु
पूर्व नवग्रहको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
सिंह मा,
मि, मु, मे, मो, टा, टि, टु, टे
यो साता नयाँ ज्ञान सिक्ने मौका पनि
मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । हर्ष र प्रसन्नता छाउनेछ ।
प्रेमप्रसङ्गमा रमाइलोपन आउनेछ । घरजग्गाको कारोबारमा विशेष सफलता मिल्नेछ ।
आकस्मिक धनलाभ हुनसक्छ । यो साताका लागि शुभ अङ्क ४, ७ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिव भगवानको दर्शन गरी कार्य आरम्भ
गर्दा अधिक लाभ मिल्नेछ ।
कन्या टो, पा, पि,
पु, ष,
ण, ठ,
पे, पो
यो साता महत्त्वपूर्ण कामको
जिम्मेवारी आइलाग्नसक्छ । परोपकारी कार्यमा संलग्न भइनेछ । धन हात पर्ने र भौतिक
सुख मिल्नेछ राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । साताको अन्त्यमा शेयर बजार
तथा व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला । यो साताका लागि शुभ अङ्क ३, ५ र शुभ रङ्ग नीलो वा रातो हो ।
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शन गरी कार्य आरम्भ
गर्दा अधिक सफलता मिल्नेछ ।
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते
यो साता भाग्यले साथ दिनेछ । महत्त्वपूर्ण
कामको जिम्मेवारी आइलाग्नसक्छ । शुभकार्यको चर्चा चल्ने र नयाँ कार्यको योजना
बन्नेछ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ । प्राविधिक कार्यमा सफलता
मिल्नेछ । पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ । यो साताका लागि शुभ अङ्क २, ८ र शुभ रङ्ग
सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गर्नाले राम्रो
हुनेछ ।
वृश्चिक तो, ना,
नि, नु, ने,
नो, या, यि,
यु
यो साता बढी मिहिनेतले बढी
फाइदा मिल्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ विशिष्ट
व्यक्तिबाट हौसला प्राप्त हुनेछ । मनोरञ्जन पनि होला । साताको अन्त्यमा आफन्तसँग
खिन्नता बढ्नसक्छ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यो साताका लागि शुभ अङ्क २, ८ र शुभ रङ्ग गुलाबी वा पर्पल
हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक
सफलता मिल्नेछ ।
धनु ये, यो, भा,
भि, भु,
धा, फा,
ढा, भे
यो साता कला र गलाको प्रभाव
बढ्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर
जुट्ला । नयाँ वस्त्र, अलङ्कारको
प्राप्ति हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । कृषि क्षेत्रबाट सफलता
मिल्नेछ । यो साताका लागि शुभ अङ्क २, ५ र शुभ रङ्ग सेतो वा रातो हो ।
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको ध्यान गरी कार्य
आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
यो साता ताके अनुरूप काम
नबन्नाले दिक्क लाग्नेछ । मान्यजनको सुझाव अप्रिय लाग्नसक्छ । साताको मध्यबाट
गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । आफन्तको सल्लाह, सहयोग र हौसला पाईनेछ । घरमा
अतिथिको आगमन हुनेछ । यो साताका लागि शुभ अङ्क ४, ७ र शुभ रङ्ग घ्यू रङ्ग हो ।
कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरी गरेको कार्यबाट
अधिक सफलता मिल्नेछ ।
कुम्भ गु, गे, गो,
सा, सि,
सु, से,
सो, दा
यो हप्ता शुभ समाचार सुन्न
पाइएला । समाजमा प्रभाव पार्न सकिनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न
हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीले नयाँ प्रस्ताव राख्न
सक्छन् । वैदेशिक क्षेत्रको काम पनि विस्तारै अघि बढ्नेछ । यो साताका लागि शुभ
अङ्क ३,९ र शुभ
रङ्ग पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरी
कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
मीन दि, दु, थ,
झ, ञ,
दे, दो,
चा, चि
यो साता मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । नसोचेको ठाउँबाट धन हात पर्नसक्छ । प्राविधिक कार्यमा सफलता मिल्नेछ मध्य सातामा जिद्दीपना बढ्न सक्छ । साताको मध्यमा पुनर्मिलनको योग छ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग कालो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शन गरी यात्रा गर्नाले सफलता मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईको यो साता शुभ वितोस
ज्यो.प. नारायणप्रसाद दुलाल