झगनखबर
भदौ १५ । रिलायबल
नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड ओखलढुंगाले वार्षिक उत्सव सम्पन्न गरेको छ । भदौ
१५ गते छैठौ वर्ष प्रबेश गरेको अवसरमा एक कार्यक्रमका बिच वार्षिक उत्सव मनाएको हो
। रमाईलो डाँडास्थित कार्यालयमा कर्मचारी, कम्पनीमा आबद्ध अभिकर्ता, सन्चारकर्मी, बिमित, स्थानियबासीको उलेख्य उपस्थितीमा केक काटेर वार्षिक उत्सव मनाएको
कार्यालयले जनाएको छ । कम्पनी स्थापनाको छोटो समयमै नागरिक सामु लोकप्रिय बन्न सफल
भएको कर्मचारी लिला माया थापा (कार्की) ले बताउनु भयो ।
देशै भरी १ सय ४० भन्दा बढी शाखा रहेको यस
कम्पनीले सबै भन्दा बढी पोलीसी बिक्री गर्ने कम्पनी भएको बताएका छन् । यस कम्पनीको
सेवा सुविधा बढी भएकाले नागरिकको पहिलो रोजाईमा
पर्न सफल भएको कार्कीले बताउनु भयो । नेपालमा बीमा कम्पनीहरुको इतिहाँसमा सबै भन्दा बढी मृत्यु दाबीभुक्तानी (४
करोड) नगद भुक्तानी गर्ने पहिलो कम्पनी भएको पनि जानकारी दिएका छन् । बीमीतलाई
बिना झन्जट घरैमा पुगेर दाबीभुक्तानी गर्ने गरेको कम्पनीले जानकारी दिएको छ ।
ओखलढुंगा जस्तो बिकट जिल्लामा पनि अभिकर्ताहरुको
विश्व संगठनको सदस्य एमडीआरटी ओखलढुंगाबाट बनाउन सफल भएको पनि बताएका छन् ।ओखलढुंगा
जिल्लामा बीमा कम्पनीहरुको इतिहाँसमै पहिलो पटक एमडीआरटी बनाउन सफल भएको यो
कम्पनी धेरै नागरिक सामु पुग्न सफल भएको कर्मचारी कल्पना निरौलाले जानकारी दिनुभयो।
१३ वटा भन्दा बढी योजनाहरु नागरिक सामु पुर्याई आफ्नो कार्यहरु अगाडी बढाइरहेको छ । ओखलढुंगा जिल्लामा नाफामा आधारित बीमा योजना …रिलायबल सुलभ बीमा योजना’ सबै भन्दा बढी नागरिकको रोजाइमा परेको कार्कीले बताउनु भयो । आर्थीक बचत र आर्थीक सुरक्षा दुवै बीमाले दिने भएकाले सबै नागरिकहरुलाई बीमामा जोडीन कार्कीले आव्हान पनि गर्नु भयो ।