काठमाण्डौ २, चैत । राष्ट्रपति
रामचन्द्र पौडेलको सचिवालयमा प्रेस हेर्ने गरि ओखलढुंगाका पत्रकार खिला कार्की
नियुक्त हुनुभएको छ । राष्ट्रपतिको पे्रस
हेर्ने गरी कार्कीलाई नियुक्त गरिएको हो । राष्ट्रपति पौडेलको प्रमुख स्वकिय सचिव
डा. सुरेश चालिसेले कार्कीलाई बिहिबार स्वकिय उपसचिव पदमा नियुक्त गरिएको बताएका
छन् । काठमाण्डौबाट लामो समय पत्रकारीता गरेका कार्की नेपाल प्रेस युनियनको सचिव
लगायतका अन्य पदहरुमा रही कुशल्ता पुर्वक भुमिका निर्वाह गरिसक्नु भएको छ । राजधानी दैनिक, देशान्तर, एभीन्युज
टेलीभिजन, न्युज २४ टेलीभिजन लगायतका राष्ट्रिय मेडियामा आबद्ध भई
पत्रकारीताको लामो अनुभव लिईसक्नु भएको छ ।
२ चैत २०७९, बिहिबार ०८:४१ मा प्रकाशित
303