चैत १४ । चिसंखुगढी गाँउपालिका- ०१ कुईभिर बस्ने अन्दाजी बर्ष -६९ को बडि हर्क राइ को लडेर मिर्त्यु भएको छ । घास काट्न जाने क्रममा लडेर मिर्त्यु भएको हो । बुधबार दिउसो करिब २ बजेको समयमा घास काट्न जान्छु भनी घरबाट हिडेका राइ घर नफर्केपछी परिवारले खोजी गरेका थिए । खोजी गर्ने क्रममा बिहिबार बिहान करिब ९:२० बजेको समयमा मिर्ताबस्थामा फेला पारेको जनाए । स्थानीय जयमान राइको खरपाखो भिरबाट करिब ३०० मिटर तल खसेको अबस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी चौकी खानीभन्ज्याङबाट खटिएको टोलीले घट्नास्थल सुरक्षीत गरेको र जिल्ला प्रहरी कार्यालय बाट प्रहरी निरिक्षक बिजय कार्कीको टोलिले पुगेर आवस्यक कानूनी प्रकृया पुरा गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
१३ चैत २०८१, बिहिबार ०२:१६ मा प्रकाशित
1151