काठमाण्डौ ६, चैत । प्रधानमन्त्री
पुष्पकमल दाहाल (प्रचण्ड) लाई दोश्रोपटक पनि विश्वासको मत प्राप्त भएको छ । सोमबार
प्रतिनिधी सभको बैठकमा विश्वासका लागि राखिएको प्रस्तावमा विश्वासको मत प्राप्त
गर्नुभएको हो । प्रस्तावको पक्षमा १७२ सांसदले मत जाहेर गरेका थिए भने ८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिएका
थिए ।
१ जनाले मत दिएनन् भने १० जना सांसद
अनुपस्थित रहेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी
पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक
समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसद र स्वतन्त्र
सांसदहरु प्रभु साह, अमरेशकुमार सिंहलगायतले विश्वासको मत दिए ।
नेकपा एमाले, राप्रपा र नेपाल
मजदुर किसान पार्टीका सांसदले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गरे
।
गत
पुस १०मा नेकपा एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री भएपछि पुस २६ मा विश्वासको मत लिएका प्रधानमन्त्री
प्रचण्डले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेपछि एमाले र
राप्रपाले समर्थन फिर्ता लिएका थिए । सरकारलाई समर्थन दिएका दलले समर्थन फिर्ता
लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेका कारण
प्रधानमन्त्रीले साढे दुई महिनाभित्रै दोस्रो पटक विश्वासको मत लिनुपरेको हो ।