कानुन ब्यावसायी आन्दोलित, सुरक्षा ब्यवस्था कडा


मंसिर २३, काठमाणडौ । प्रधानन्यायधिस चोलेन्द्र शम्शेर जबराको महाअभियोग निष्प्रभावी भएपछि कानुन ब्यावसायीहरु आन्दोलित भएका छन्  । संघीय संसदका महासचिव भरतराज गौतमले यही मंसिर २१ गते महाअभियोग निष्प्रभावी भएको पत्र दिएपछि  त्यसविरुद्ध कानुन व्यवसायीहरुले  सर्वोच्च परिसरमा धर्ना दिइरहेका हुन् । सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि जबरा २०७८ साल  फागुन १ देखि निलम्बनमा थिए । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई संघीय संसदका महासचिव  गौतमले निलम्बन फुकुवाको पत्र दिएको विरोधमा कानुन व्यवसायीहरु आन्दोलित भएपछि सुरक्षा व्यवस्था पनि कडा पारिएको हो । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रवेश गर्ने गेटमा भने ताला लगाएर बन्द गरिएको छ । नेपाल बार एशोसिएसनको भवनतर्फबाट सर्वोच्च अदालतभित्र पैदल हिँडेर जाने गेट भने खुला छ । त्यहाँ पनि सुरक्षाकर्मीहरु तैनाथ छन् । सर्वोच्च अदालत भित्र र बाहिर उल्लेख्य संख्यामा सुरक्षाकर्मी तैनाथ छन् । सर्वोच्च अदालत अगाडिको सडक रामशाहपथमा सुरक्षाकर्मीका तीनवटा ट्रकहरु छन् । सर्वोच्च अदालतभित्र अनधिकृत व्यक्ति प्रवेश नगरुन् भनेर पनि चेकजाँच कडा पारिएको छ । आगन्तकुहरुलाई प्रहरीले उनीहरुको परिचय पत्र हेरेर र भित्र जानुको कारणबारे सोधेर मात्रै प्रवेश गर्न दिएको छ ।

 

प्रतिक्रिया