झगनखबर
असार १९ । ओखलढुंगा जिल्लाका नेपाली कांग्रेसका
त्यागी नेता बर्मजीत तामङ्गको निधन भएको छ । आफ्नै घर नजिकै लडेर मेरुदण्ड
भाँचिएका तामङ्गको उपचारको क्रममा सोमबार राती
निधन भएको हो । जेठ २२ गते आफ्नै घर नजिकै हिँडडुल गर्ने क्रममा लडेर एक
कान्ला मुनी खस्नु भएको थियो । उपचारको लागी
सामुदायिक अस्पताल मिसन सोब्रुमा लगिएको थियो । सामुदायिक अस्पतालले मेरुदण्ड भाँचिएको यहाँ उपचार हुन नसक्ने
बताएपछि एम्बुलेन्स मार्फत काठमाण्डौ लगिएको थियो । काठमाण्डौको बिर अस्पताल लामो
समय भेन्टीलेटरमा राखेर उपचार गराईरहनु भएका नेता तामङ्गको घर ल्याउने क्रममा
सोमबार राती बाटौमै मृत्यु भएको नेपाली कांग्रेसका नेता बालकृष्ण दाहालले जानकारी
दिनुभयो ।
अस्पतालले उपचार गर्न
संभव नभएको जानकारी दिएपछि सोमाबार आफ्नै घर ओखलढुंगाको मोलुङ्ग गाउँपालिका वडा न
६ श्रीचौर ल्याउदै गरिएको थियो । घर ल्याइनपुग्दै बाटोमा नै निधन भएको परिवार
श्रोतले जनाएको छ । उहाँका २ छोरा र ५ छोरी रहेका छन् । छोरीहरु सबैको विहे
भईसकेको छ भने जेठो छोरा अपाङ्ग हुनुहन्छ
। कान्छो छोरा रोजगारीको सिलसिलामा भारतमा
रहेको परिवार श्रोतले जनाएका छन् । भारतमा रहेको छोरा जानकारी पाउँने साथ
हिडिसकेकोले बुधबार विहान सम्म आइपुग्ने बताएका छन् ।
उहाँको पार्थीव शरिरलाई स्थानिय च्यानडाँडामा
तामङ्ग संस्कार अनुसार दाहसंस्कार गरिएको छ । नेपाली कांग्रेसका नेता बालकृष्ण
दाहाल र खिला दाहालले नेपाली कांग्रेसको चारतारे झण्डा ओढाई अन्तिम श्रद्धान्जली
दिनुभएको छ । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता लगायत स्थानियबासीको उलेख्य
उपस्थितीमा उहाँको अन्त्यष्टि गरिएको पालीका सभापति एवं मोलुङ्ग ‐५ का वडा अध्यक्ष गोपीकृष्ण कार्कीले
जानकारी दिनुभयो ।
२०२२ सालमा तत्कालीन
श्रीचौर गाँउविकास समिति वडा नं ६ मा जन्मनु भएका तामङ्ग सानै उमेर देखी शालिन तथा
क्रान्तिकारी स्वभावको हुनुहुन्थ्यो । क्रान्तिकारी स्वभाव भएकै कारण नेपाली
कांग्रेस सँग आबद्ध रही पन्चायत बिरुद्धको आन्दोलनमा सहभागी हुनुभएको थियो ।
पन्चायती ब्यवस्थाको अन्त्यका लागी महत्वपुर्ण भूमिका निर्वाह गर्नु भएका तामङ्ग
हाल सम्म नेपाली कांग्रेसमै रहेर राजनिती गर्नुभयो । तर उहाँले कुनै लाभको पदमा
रहन मान्नुभएन । उहाँ सकारात्मक समन्वयकारी भूमिकामा देखिने जहिले पनि अरुलाई
मिलाउन तर्फमात्रै लाग्नुहुन्थ्यो तर मलाई यो पद चाहिन्छ भनेर कहिल्यै पनि भन्नु
हुँदैनथ्यो । अरुले जुन पद दिए पनि खुशी भएर सोही पदमा रहेर कांग्रेसको राजनीति
गर्नुहुन्थ्यो । उहाँलाई जिल्लामा त्यागी, शालिन, भद्र नेताको रुपमा चिन्ने गरेका छन् ।
तामङ्गको निधनले एक
कर्मठ,
इमान्दार, क्रियासिल नेता
गुमेकाले नेपाली कांग्रेस ओखलढुंगालाई अपुरणीय क्षति भएको भन्दै सभापति तेजेन्द्र
खनालले दुख ब्यक्त गर्नुभयो । उहाँको त्याग र विचारलाई सबै नेता तथा कार्यकर्ताले
अनुशरण गरी जीवनमा लागु गर्नुपर्ने आवश्यक भएको सभापति खनालले बताउनु भयो ।