राजकुमार कार्की
पुस ९ ।
मोली सेवा समाज मानेभन्ज्याङ–१, मोली ओखलढुंगाले आयोजना गरेको अन्तरपालिका स्तरीय
खुल्ला पुरुष भलीबल प्रतियोगिताको पाँचौ संस्करणमा पनि चम्पादेवी पलापुले प्रथप
स्थान हाँसिल गरेको छ । खेल आयोजनाको पहिलो संस्करण देखि पाँचौ संस्करण सम्म
निरन्तर चम्पादेवी पलापु भलीबल टिम प्रथम स्थान हाँसिल गर्न सफल भएको हो । मोली
सेवा समाजले प्रत्येक वर्ष अन्तरपालिका स्तरिय खुल्ला पुरुष भलिबल
प्रतियोगिता आयोजना गर्दै आएको छ । खुल्ला पुरुष भलिबल प्रतियोगिता सन्चालन गरेको
पाँचौ संस्करण मंगलबार सम्पन्न भएको छ । मंगलबार सम्पन्न भएको पाँचौ संस्करणको
खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी पनि चम्पादेवी पलापुले हात पारेको आयोजक
टिमले जानकारी दिएको छ । पुस ५ गतेबाट शुरु भएको प्रतियोगितामा ओखलढुंगा, खोटाङ्ग र भोजपुरका
गरी १० टिमले भाग लिएको थियो ।
मंगलबार भएको अन्तिम
खेलमा हतुवागडी गाउँपालिका भोजपुरलाई हराउदै चम्पादेवी गाउँपालिका ओखलढुंगा प्रथम
भएको हो । हतुवागडी गाउँपालिका भोजपुर द्वितिय भएको छ । मंगलबार नै भएको अर्काे सेटमा दूर्गाबक्स गण
ओखलढुंगा तृतिय भएको छ । प्रथम, द्वितिय र तृतिय हुने टिमलाई क्रमशः नगद रु १ लाख
५१ हजार १ सय ५१, ७५ हजार ७५ र ३५ हजार ३५ रुपैया सहित शिल्ड, मेडल र प्रमाण पत्र
वितरण गरिएको छ ।