झगनखबर
पुस ३ । एनसेलको शेयर कारोबारमा स्वीकृति नदिन नेपाल सरकारलाई राज्यव्यवस्था तथा सुशासन समितिले निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय लगायतका मन्त्रालयहरुलाई निर्देशन दिएको हो । बैठकले एनसेल प्रकरण सम्बन्धी विभिन्न कार्यहरु गर्न र नगर्न निर्देशन दिने निर्णय गरिएको बताएका छन् । एनसेलबाट राज्यलाई बुझाउनु पर्ने कर असुल उपर गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, अर्थमन्त्रालय र बाणिज्य तथा आपुर्ति मन्त्रालयलाई निर्देशन दिने । छानविन समितिको प्रतिवेदन नआउन्जेल सम्म एनसेलको शेयर कारोबारमा समति र स्वीकृत नदिन, दूरसञ्चार ऐन र नियमावली संशोधन गरी समयसापेक्ष बनाउन, २०८६ सालमा एनसेल नेपाल सरकारको स्वामित्वमा ल्याउन पहल गर्न लगायतका निर्णयहरु गरिएको बताएका छन् । त्यसै गरी एनसेलले शेयर किनबेच गरेको सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणले गरेको काम कारवाहीको सम्बन्धमा जानकारी माग्ने पनि निर्णय गरिएको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो ।
