साप्ताहिक राशिफल
यो साता
पारिवारिक सद्भाव बढ्नेछ । प्रेम जीवन सफल रहने र विपरित वर्ग प्रति आकर्षण बढ्नेछ
। व्यापार व्यवसायमा उन्नति हुनुका साथै आर्थिक वृद्धि पनि हुने देखिन्छ,
तर स्वास्थ्यप्रति गम्भीर हुन बढी आवश्यक छ । यो साताका लागि शुभ
अङ्क ३,५ र शुभ रङ्ग गुलाबी वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि दुर्गादेवीको दर्शन गरि यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
वृष M इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
यो साता
बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । घर परिवारमा झैझमेलाको अवस्था आउनेछ । कार्य
सम्पादनमा समस्या आउला । स्वास्थ्य प्रति सजग रहनु होला । साताको अन्त्यमा चिताएको
कामले तीव्रता लिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ
रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा
अधिक सफलता मिल्नेछ ।
यो साता
राजनैतिक र सामाजिक कामबाट सफलता पाइनेछ । अचल सम्पत्ति हात पर्ने योग छ ।
प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । मित्रजनबाट साथ सहयोग मिल्ने
देखिन्छ मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । यो साताका लागि शुभ
अङ्क ५,९ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको
दर्शन गरि कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।
यो सात
मन मिल्ने साथीको सहयोग र प्रेममा सफलता मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन
गर्ने अवसर जुट्ला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कृषि क्षेत्रमा महत्त्वपूर्ण
कामको थालनी हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ
रङ्ग रातो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा काममा जानु अघि विष्णु
भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो साता
साथीको सहयोग र हौसला मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन
हुनेछ । शेयर बजारबाट पनि राम्रै सफलता पाइनेछ । साताको मध्यमा दबाब र तनाव बढेको
महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यो साताका लागि शुभ अङ्क
१,६ र शुभ रङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व
विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
यो साता
छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । आफ्नो अधिकार प्राप्तिका लागि
संघर्ष गर्नु पर्ला । शेयर बजारबाट पनि राम्रै सफलता पाइनेछैन । साताको मध्यबाट
आर्थिक वृद्धिका साथै सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ । यो साताका लागि शुभ
अङ्क ३,६ र शुभ रङ्ग रातो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व
सूर्यनारायणको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो साता
नयाँ जिम्मेवारी र नयाँ कमको योजना बन्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै
आम्दानीका स्रोत पनि बढ्नेछन् । राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । साताको
अन्त्यमा शेयर बजार तथा अन्य व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । यो साताका लागि
शुभ अङ्क ३,७ र शुभ रङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन
गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो साता
परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ । कृषि व्यवसायबाट राम्रो प्रतिफल पाउन
सकिन्छ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । सामाजिक कार्यबाट मान र प्रतिष्ठा
मिल्नसक्छ, तर अनावश्यक हिँडडुल नगरेकै जाती हुनेछ । यो साताका लागि शुभ अङ्क
२,८ र शुभ रङ्ग सुन्तला वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व
पितृदेवको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।
यो साता
रोकिएका काम पुनः सुरु हुन सक्छन् । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ ।
परदेशमा रहेका आफन्तसँग प्रविधि मार्फत भेटघाट हुनेछ । मध्य सातामा जिद्दीपनाले
गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति गम्भीर हुन आवश्यक छ । यो साताका लागि
शुभ अङ्क १,९ र शुभ रङ्ग सेतो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु अघि नवग्रहको
आरधना गरि यात्रा गर्नाले सफलता मिल्नेछ ।
कार्यक्षेत्रमा
अरुले गरेका भनेका कुरा चित्त नबुझ्न सक्छ । शेयर बजारबाट पनि विफलता मिल्नसक्छ ।
मध्य सातामा शुभकार्यको चर्चा चल्नेछ र शुभ समाचार सुन्न पाइएला । विभिन्न कार्यक्रममा
नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । यो
साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको ध्यान
गरि कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।
यो साता
राज्यबाट मान सम्मान पाइनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुनसक्छ ।
पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । शेयर बजारबाट पनि
राम्रै सफलता पाइनेछ, तर स्वास्थ्य भने त्यति राम्रो नहोला । यो साताका लागि शुभ अङ्क १,७ र शुभ
रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्ण भगवानको स्मरण गरि
कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो साता अरूलाई प्रभावित पारेर
काम बन्नेछ । नयाँ र शुभ कार्यको योजना बन्नेछ । धार्मिक कृत्यमा सहभागीको अवसर
मिल्नेछ । आफन्त र सहयोगी हातहरू अघि बढ्नेछन् । जग्गाजमिनको कारोबारबाट राम्रो प्रतिफल
आउन सक्छ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ
रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिव भगवानको दर्शन गरि कार्य आरम्भ
गर्दा अधिक लाभ मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।
ज्यो.प. नारायणप्रसाद दुलाल