माओबादी केन्द्रको रुपान्तरण अभियान चल्दै


झगनखबर

भदौ १९ । नेकपा माओबादी केन्द्र ओखलढुंगाको रुपान्तरण अभियान अन्तर्गत सुनकोशी गाउँपालिकामा चलिरहेको छ । घर++–घरमा माओबादी जन–जनमा माओबादी, भन्ने नाराका साथ देशैभरी रुपान्तरण अभियान शुरु भएको छ । यसै सन्दर्भमा ओखलढुंगा जिल्लाको सुनकोशी गाउँपालिकामा पनि सोही नाराका साथ ३ महिने रुपान्तरण अभियान शुरु भएको हो । सुनकोशी १ बलखुबाट अभियानको उद्घाटन गरी शुरु गरिएको नवराज खड्काले जानकारी दिनुभयो । कार्यक्रम अन्तर्गत जनतासँग भेटघाट, सदस्यता वितरण र नविकरण पनि सँगसगै गरिएको छ । सरकारको काम देशको अवस्था र गाउँमा विकासका कुरा लगायत जनगुनासो सुन्नको लागी रुपान्तरण अभियान चलाएको बताइएको छ । शहिद तथा बेपत्ता परिवारमा भेटघाट पार्टी शुद्धिकरण जस्ता कार्यहरु पनि भईरहेको छ ।  उक्त रुपान्तरण अभियानमा माओबादी केन्द्रकी केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य भेषकुमारी राउत, प्रदेश सदस्य एवं जिल्ला सचिव विनोद सुनुवार, प्रदेश सदस्य जीवन परियार, जिल्ला पार्टी कार्यालय सचिव नबराज खड्का, सानु तामाङ लगायत पालिका पदाधिकारीहरुको उपस्थितिमा अभियान सन्चालन भईरहेको छ ।

प्रतिक्रिया