झगनखबर
फागुन २३ । नयाँ गठबन्धन दलले
मन्त्रालयको भागबण्डा टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा
बसेको चारदलीय कार्यदलले मन्त्रालयको संख्या टुंगो लगाएको हो । सहमति अनुसार
माओवादीले पाँच, एमालेले आठ,
रास्वपाले
चार र जसपालाई दुई मन्त्रालय दिने निश्चित भएको छ । रास्वपाका अध्यक्ष रवि
लामीछाने गृह मन्त्रालय, उपसभापति डीपी अर्याल श्रम मन्त्रालय, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्रालय र सुमना श्रेष्ठ शिक्षा मन्त्रालयमा पठाउने निर्णय गरेको छ । एमालेले पाएको ८ वटा
मन्त्रालयमा मन्त्रीहरुको टुंगो लगाईसकेको छ तर मन्त्रालय भने टुंगीन बाँकी रहेको
बताएका छन् । रघुवीर महासेठ, पदम
गिरी, दामोदर भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि
मन्त्री बन्ने भएका छन् । माओबादीको
तर्फबाट नारायणकाजी श्रेष्ठले परराष्ट्र र
वर्षमान पुनले अर्थमन्त्री बन्ने निश्चित
भएको छ ।