वालिका बलत्कारको आरोपमा ६८ वर्षीय ठुलोबुवा पक्राउ


ओखलढुंगा, पौष ८ । १० वर्षिय वालिका बलत्कारको आरोपमा ६८ वर्षिय ठुलोबुवा पक्राउ परेका छन् । चम्पादेवी गाउँपालिका वडा नं. ३ मा नातामा ठुलोबुवा पर्ने बृद्धले १० वार्षिय वालिकालाइ  पटक पटक बलत्कार गरेको आरोपमा हिजो (बिहिबार) पक्राउ परेका हुन् । पिडितका आफन्तले दिएको जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरि आज ( शुक्रबार) म्याद थप गरीएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक केशब अधिकारीले बताए । वालिकाको स्वास्थ्य परिक्षण गरी मुद्दा अनुसन्धानमा रहेको अधिकारीले बताए । वालिका माथी पटक पटक बलत्कार भएको पिडितका अविभावकको भनाई छ ।  पिडकले आर्थीक प्रलोभन देखाई केहि समय प्रहरीमा जान रोकेको पनि खुलेको छ । आफ्नै घरभित्रको कुरालाई बाहिर निकाल्नु हुदैन भनि आर्थीक प्रलोभन देखाएको बालिकाका अविभावकले गुनासो गरे । उनले भने, ‘१ लाख दिन्छौ कसैलाई पनि हल्ला नगर भनेका थिए’ । वालिका कक्षा ५ मा अध्ययनरत छिन् । 

प्रतिक्रिया