लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ ओखलढुंगाको प्रथम अधिबेशन सम्पन्न


झगनखबर

फागुन १९ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ ओखलढुंगाको प्रथम अधिबेशन सम्पन्न भएको छ । बलराज तामङको अध्यक्षतामा सर्वसहमत कार्यसमिति चयन गर्दै प्रथम अधिबेशन सम्पन्न भएको हो । विपी स्मृति भवन ओखलढुंगामा शनिबार भएको अधिबेशनले जिल्ला कार्यसमिति पालिका कार्यसमितिको समेत सर्वहमत चयन भएको छ । नेपाली कांग्रेसको भातृसंगठनको रुपमा रहेको लोकतन्त्रवादी आदिवासी जनताती महांघ जिल्ला कार्यसमितिमा २१ सदस्यीय कार्यसमितिको चयन भएको बताएका छन् । अध्यक्ष बलराज तामाङ, उपाध्यक्षद्वय काजी राई, चित्र गुरुङ, सचिव सृजना सुनुवार, सहसचिवद्वय नैन बहादुर लुङगेली मगर, चन्द्रकान्त सुनुवार लगायत २१ सदस्यीय कार्यसमिति चयन गरिएको नवनिर्वाचित अध्यक्ष बलराज तामाङले जानकारी दिनुभयो । अधिबेशन नेपाली कांग्रेस जिल्ला पार्टी सभापति तेजन खनाल (तेजेन्द्र) को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया