बैशाख २४ । बिराटनगर
महानगरपालिका १५ बाट अवैध सुन तथा चाँदी जस्तो देखिने धातुका विभिन्न गरगहना सहित
३ जनालाई पक्राउ गरेको छ । बिराटनगरबाट रानीतर्फ
जादै गरेको को.२ च १४९५ नम्वरको भेनलाई जाँच गर्ने क्रममा सुन तथा चाँदी जस्तो
देखिने धातुबाट बनेका बिभिन्न प्रकारका
गरगहना
शनिबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका २ का ५२ बर्षीय
बिमल कामत, भारत बिहार कटिहारका
६१ बर्षीय बिनोद कुमार मुरारका र उनकै श्रीमती ५६ बर्षीया पुष्पा मुरारका रहेका छन
। कोशी प्रदेश प्रहरी
कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले, उक्त नम्बरको भ्यान र बिभिन्न दरका ७ लाख ९५ हजार २ सय ८९
भारतीय रुपैयाँसमेत गरी जम्मा ९० लाख रुपैयाँ बराबरको सामग्रीसहित उनीहरूलाई
पक्राउ गरेको हो । बरामद सामग्रीसहित उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला
प्रहरी कार्यालय मोरङमा पठाइएको प्रहरी प्रधान कार्यालय काठमाण्डौले जनाएको छ ।