झगनखबर
असार ७ । ओखलढुंगा जिल्लाको चम्पादवी गाउँपालिका
वडा नं ३ मा बेवारिसे शब फेला परेको छ । बिहिबार विहान करिब ९ बजेको समयमा लिखु
खोलाको बिच भागमा बेवारिसे शब फेला परेको हो । खोलाको बिच भागमा मान्छेको लास
जस्तो बस्तु देखेपछि स्थानियबासीले प्रहरीलाई खबर गरेका थिए । स्थानियबासीले खबर
गरे पछि प्रहरी चौकी कालीकाबाट प्रहरी गएको थियो । कालिका प्रहरी चौकीबाट खटिएको
टोलीले खोलाको बिचभाग बाट शब निकाल्न नसकेपछी
घोराखोरीबाट इन्सपेक्टरको कमाण्डमा शसस्त्र प्रहरी गएको थियो । शसस्त्र
प्रहरी, प्रहरी र
स्थानियबासीले लासलाई खोला बाट झिकिएको छ
। लासको उद्धार र आवश्यक कानुनी प्रकृयाका
लागी इलाका प्रहरी कार्यालय खिजीफलाटेबाट पनि प्रहरी निरिक्षकको टोली गएको थियो ।
प्रहरी र शसस्त्र प्रहरी मिलेर नदिको टापुजस्तो ठाउँमा रहेको लासलाई सुरक्षीत
निकालीएको छ । पुरुषको जस्तो देखिन तर
चिन्न नसकिने अवस्थामा रहेको उक्त लास कसको हो, पहिचान नभएको जिल्ला
प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । लासलाई पोष्टमार्टको लागी रामेछाप लैजान
तयारी भईरहेको पनि जनाएका छन् । अधबैशे पुरुषको जस्तो देखिने लासको कुनै पहिचान
नभएको र पहिचानको लागी सबै सरोकारवाला निकाय तथा स्थानियबासीहरु सँग अनुरोध गरिएको
प्रहरी नायव उपरिक्षक दिपक बहादुर केसीले बताउनु भयो ।