आफ्नै बुवाको हत्या गरेको आरोपमा एक जना पक्राउ


बैशाख २० । कञ्चनपुरमा आफ्नै बुवाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पुनर्वास नगरपालिका वडा नं. ४ कार्कीचोक बस्ने ३० वर्षीय गणेश बहादुर खड्का पक्राउ परेका हुन् । ७१ वर्षीय बुवा धन बहादुर खड्का सँग घरायसी समान्य झगडामा लठ्ठीले हानेर हत्या गरेका थिए । लाठीले हानेर बुवाको हत्या गरेको स्थानियबासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खबर पाउनसाथ इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरि नियन्त्रणमा लिएको प्रहरीप्रधान कार्यालयले जनाएको छ । घट्नाको विषयमा थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ । 

प्रतिक्रिया