राजकुमार कार्की
साउन ३ ।
कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले पहिरे खोलाको
अनुगमन गर्नुभएको छ । दैनिकजसो सडक अबरुद्ध
हुने पहिरे खोलाको निकाशका लागि शुक्रबार अनुगमन गरिएको हो । अनुगमन गर्दै
मन्त्री राईले पहिरे खोलामा तत्काल बेलीब्रीज निर्माण गरेर भए पनि निकाश दिने
बताउनु भयो । पक्कीपुलको ठेक्का
लागिसकेकाले समयमा पुल निर्माण सम्पन्न गराउन पहल गर्ने बताउनु भयो । उहाँले भन्नु
भयो ; ‘पक्की पुल निर्माण गर्न समय लाग्ने हुँदा पहिरे खोलामा नियमित सडक सुचारु गर्न
बेलीब्रीजको प्रयोगको विषयमा पनि छलफल भईरहेको छ ।’
राज्य व्यवस्था तथा
सुशासन समितिका सभापति एवं संघिय माननीय रामहरि खतिवडाका अनुसार, ‘इलाममा भएको
बेलीब्रीज ओखलढुंगाको पहिरे खोलामा लगेर
राख्ने संघसकारले ०८१ सालमै निर्णय गरेको थियो । तर त्यहाँका संसदले बेलीब्रीज अनेत्र लैजान
नदिएपछि बेलीब्रीज राख्न केहि ढिलो भएको र अहिले इटहरीमा भएको ४० मिटरको बेलीब्रीज
ल्याएर राख्ने संघ सरकारले निर्णय गरी ढुवानी गर्न प्रदेश सरकारलाई जिम्मा दिएको छ
।’ अहिले बेलीब्रीजको प्रयोग सँगै पक्कीपुल निर्माण गर्दा नागरिकलाई सहज हुने
र जिल्लामा आएको बेलीब्रीज आगामी दिनमा अप्ठ्यारो ठाउँमा पनि प्रयोग गर्न
संभव हुने भएकाले बेलीब्रीज पनि राखिने खतिवडाले जानकारी दिनुभयो ।
अनुगमनमा मन्त्री राई
सँगै भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमि प्रसाद राजवंशी, भौतिक पूर्वाधार
विकास सचिव अशोक कुमार शाहको पनि उपस्थिति रहेको थियो । जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख टेकराज भट्टराई, प्रमुख जिल्ला
अधिकारी विजयराज सुवेदी, प्रहरी नायब उपरिक्षक पूर्वाधार विकास कार्यालय ओखलढुंगाका प्रमुख उद्योग
बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्के लगायतको उपस्थिति रहेको थियो ।
पहिरे खोलाको स्थाई
समाधान,
पक्की पुल निर्माण
भएकाले ‘पक्की पुलको’ छिटो निर्माण र तत्कालका लागि
नियमित सडक सुचारु गर्न आवश्यक पहल गरिदिन
जिसस प्रमुख भट्टराईले मन्त्री राई समक्ष माग गर्नुभयो । जिल्लामा ल्याउने
भनिएको बेलीब्रीज ल्याएर तत्काल पहिरे खोलामा प्रयोग गर्दा नागरिकले छिटो सेवा
पाउने भएकाले, अहिले बेलीब्रीज निर्माणमा पहल गरिदिन उद्योग बाणीज्य संघका अध्यक्ष
ज्ञानेद्र मास्के आग्रह गर्नुभयो ।
जिल्ला सदरमुकाम, काठमाण्डौ र प्रदेश राजधानी विराटनगर लगायत तराईका जिल्लाहरुका लागि यातायातका साधन चल्ने भएकाले तत्काल सडक सन्चालन र खोलाको स्थाई समधानको पहल गरिदिन उपस्थित नागरिकले माग गरेका थिए ।