डिजेल र पेट्रोलको मुल्य घटयो


काठमाडौं २, चैत  । नेपालमा  डिजेल पेट्रोलको मुल्य  घटेर आएको छ । नेपाललाई इन्धन बिक्री गर्ने भारतीय आयल कर्पोरेसन बाट नै मुल्य घटेर आएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेको छ ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । अहिले बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको छ भने खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ छ ।

भारतबाट घटेर प्राप्त भएको मूल्यका आधारमा अब निगम सञ्चालक समिति वा व्यवस्थापन बैठकले इन्धनको उपभोक्ता मूल्यबारे निर्णय गर्ने आयल निगमले जानकारी दिएको छ  ।

प्रतिक्रिया