झगनखबर
असरा २५ । जिल्लाको एकमात्र नगरपालिका
सिद्धिचरण नगरपालिकाको १२औँ नगरसभा सम्पन्न भएको छ । नगरप्रमुख तेजेन्द्र खनालको
सभाध्यक्षतामा भएको नगरसभा सोमबार सम्पन्न भएको हो । असार १० गते प्रस्तुत भएको
नीति तथा कार्यक्रम, बजेट माथी आवश्यक छलफल पश्चात सोमबार सम्पन्न भएको छ । ०८०/०८१ को कार्यक्रम तथा बजेट, आर्थीक विधेयक, बिनियोजन बिधेयक लगायत चालु तथा
पूँजीगत खर्चको विवरण सर्वसहमत पारित गरिएको छ ।
नगरपालिकाका १२ वटै वडाका टोलस्तरबाट
छनौट भई आएका योजनाहरुलाई छनौट गरी ४० लाखका दरले बजेट बिनियोजन गरिएको छ । आगामी
आर्थीक वर्षको नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न ६८ करोड ५६ लाख ९९ हजार ३
सय बिनियोजन गरेको छ ।
कृषी, स्वास्थ्य शिक्षामा जनमुखी कार्यक्रम
सहित बजेटको ब्यवस्था गरेको छ । कृषी एम्बुलेन्स खरिद गर्न ३० लाख बजेट बिनियोजन
गरिएको छ । मेयर सँग युवा कार्यक्रमको लागी २० लाख बजेट बिनियोजन गरिएको छ । एक
वडा एक नमुना विद्यालय कार्यक्रम अन्तर्गत वडा नं २ को हिमालय माध्यमिक
विद्यालयलाई नमुना विद्यालय निर्माण गर्न ३० लाख बजेट बिनियोजन गरिएको छ ।