मन्जित सापकोटाद्वारा विद्यालयलाई नगद सहित संगित सामग्री सहयोग


भदौ २१ । कालिका माध्यमिक विद्यालय सिस्नेरीलाई मन्जित सापकोटाले नगदसहित संगित सामग्री सहयोग गर्नु भएको छ । उहाँले ब्यक्तिगत रुपमा २ थान गिटार र नगद रु ३० हजार विद्यालयलाई सहयोग गर्नु भएको हो । साविक सिस्नेरी गाउविकास समिति वडा नं ४, हाल बुढानिल्कण्ठ नगरपालिका वडा नं १२ कपनमा बस्दै आउनु भएका सापकोटाले सहयोग हस्तान्तरण गरेको बताएका छन् । विहिबार विद्यालयले आयोजना गरेको तीज विशेष कार्यक्रममा नगद सहित गिटार हस्तान्तरण गरेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नवराज खड्काले जानकारी दिनुभयो । मन्जितले जस्तै अन्य सहयोगी मनका धनि पुर्वविद्यार्थीहरुलाई समेत सहयोगका लागि अपिल गरिएको छ ।


प्रतिक्रिया