माघ १८, काठमाडौं । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता प्रक्रिया नै गलत रहेको भन्दै खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले उमेदवार बन्दा पेस गरेको नागरिकता अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी लामिछानेले गरेका निर्णयहरु अवैध हुने भएकाले स्वतन्त्र पार्टी खारेजीको माग गर्दै युवराज पौडेल (सफलले) निवेदन दिएका हुन्। गत साता सर्वोच्च अदालतले रवी लामिछने नेपाली नागरिक नभएको फैसला गरेको थियो । अदालतको यो फैसलाले रवी लामिछानेको उपप्रधान सहित गृहमन्त्रि तथा सांसद पद खारेज भएको थियो। सिन्धुलीका पौडेलको समेत निवेदनका कारण उपप्रधानमन्त्री तथा गृह मन्त्रीको जिम्मेवारी मुक्त भएका लामिछानेको पार्टी नै गलत कागजात पेश गरी दर्ता गरेको भन्दै उनले निर्वाचन आयोगमा उजुरी दिएका हुन् । दोहोरो पासपोर्टमा छानबिन गर्नका लागि जिल्ला प्रहरी कार्यालयमा हिजो उजुरी दिएका पौडेल, आज निर्वाचन आयोग पुगेका हुन् । सर्वोच्च अदालतको पूर्ण पाठ नआएसम्म काठमाडौं प्रहरीले भने हिजो दिएको उजुरी दर्ता गरेको छैन ।
पौडेलले निर्वाचन आयोगमा दिएको निवेदन