झगनखबर
यो सातामा नयाँनयाँ ज्ञान
सिक्ने मौका मिल्नेछ । लाभदायक यात्रा रहने र नयाँ कार्यको थालनी होला ।
शुभकार्यको चर्चा चल्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेमका कोपिलाहरू
फक्रिएर जानेछन् । अध्ययन - अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ, तर स्वास्थ्य मापदण्ड अपनाउनु
पर्छ । यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग रातो हो । कुनै
शुभकर्म गर्नु पूर्व विष्णुजीको स्मरण गरी कार्य गर्नाले सफलता मिल्नेछ ।
वृष : इ,
उ,
ए,
ओ,
वा,
वि,
वु,
वे,
वो
यो साता आफूलाई कमजोर भएको अनुभूति हुनेछ र
घरायसी झमेलामा परिएला । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ ।
साताको मध्य भागमा धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ । रोजगार
वा नयाँ कार्यको अवसर मिल्नेछ । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि
देखिन्छन् । सन्तान सुख पनि मिल्नेछ । यो साताका लागि शुभ अङ्क ६ र शुभ रङ्ग कालो
वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात
पर्नेछ ।
यो साता रमाइलो यात्राको योग रहेको छ ।
शुभकार्यको चर्चा चल्नेछ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ । साथी
भाइको भेटघाटले मन प्रफुल्ल रहला । नयाँ काममा सफलता मिल्नसक्छ । प्रेम र
मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आर्थिक र व्यवसायिक
समस्या समाधान हुनेछन् । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग खैरो वा घ्यू रङ्ग हो । कुनै
शुभकर्म गर्नु पूर्व महादेवको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
यो साता छोटो दुरीको लाभदायक
यात्रा रहला । लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । पारिवारिक सद्भाव
बढ्नेछ । नयाँ व्यक्ति सँग भेटघाट हुने समय छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू
सम्पन्न हुनेछन् । मध्य सातामा अनावश्यक ठाउँमा धन खर्च होला । आफूलाई कमजोर भएको
अनुभूति हुनेछ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग घ्यू रङ्ग हो ।
कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात
पर्नेछ ।
यो हप्तामा एकपछि अर्को अवसर
आउनाले मन प्रसन्न रहनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धनार्जनका नयाँ
स्रोतहरू पत्ता लाग्नेछन् । रोकिएका काम पुनः सुरु हुन सक्छन् । वैदेशिक क्षेत्रको
काम अघी बढ्नेछ । मध्य सातामा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । शेयर बजारको
लगानी नोक्सानी बढ्न सक्छ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग खैरो वा कालो हो ।
कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता
हात पर्नेछ ।
यो साता कलहको योग भएकाले कसैसँग बोल्दा वा
ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।
प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । बेसुरमा वचन दिने
बानीले अप्ठ्यारो पार्न सक्छ । साताको अन्त्यमा परिवारमा जमघट वा कुनै धार्मिक
कार्य सम्पन्न हुनेछ । दैनिक कामहरू अगाडि बढ्न थाल्दछ । यो साताका लागि शुभ अङ्क
४,७ र शुभ रङ्ग पहेँलो
वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्म्मीजीको दर्शन गरी यात्रा गर्दा
अधिक सफलता मिल्नेछ ।
यो सातामा राजनैतिक र सामाजिक
प्रतिष्ठा कायम राख्न सेवा र सहयोग गर्ने समय आएको छ । रमाइलो यात्रा गर्ने अवसर
प्राप्त हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनसक्छ । पारिवारिक भेटघाट हुनुका साथै
इस्टमित्रहरूसँग पनि मेलमिलाप हुनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।
प्रेममा सफलता पनि पाइनेछ, तर
स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग सेतो या गुलाबी हो
। कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले राम्रो हुनेछ ।
यो साता आत्मविश्वास र पराक्रममा वृद्धि
हुनेछ । घुमफिर, मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य
अघि बढ्ने र धनार्जन हुनेछ । घरमा अतिथिको आगमन हुनेछ । कार्य सम्पादनमा सहजता
मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ, तर स्वास्थ्य प्रति
सजग रहनु पर्छ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग रातो वा पहेँलो हो । कुनै
शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।
यो हप्तामा नयाँ नयाँ क्षेत्रमा
लगानीको अवसर मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । शैक्षिक क्षेत्रमा सफलता
मिल्नेछ । कला, साहित्य
तथा सङ्गीतमा रुचि बढ्नेछ । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । शत्रु
क्षय होलान्, तर नाक
तथा घाँटीमा समस्या बढ्न सक्छ अत: स्वास्थ्य प्रति सजगता हुनुपर्छ । यो साताका
लागि शुभ अङ्क ४,९ र शुभ
रङ्ग सुन्तला रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरी कार्य
आरम्भ गर्नाले सफलता मिल्नेछ ।
यो साता स्वास्थ्यमा गडबडी भई
दैनिक कामकाजमा असर पर्नसक्छ । स्वास्थ्यमा समस्या बढ्न सक्छ । कलहको योग भएकाले
कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । पुँजी बजारमा लगानी गर्नु पनि
उपयुक्त नहोला । मध्य सातामा साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । उपहार पाइने
सम्भावना पनि छ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग गुलाबी हो । कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गर्नाले सफलता हात
पर्नेछ ।
यो सातामा बुद्धिको उपयोग गर्नाले जटिल
ठानिएको कामसमेत सम्पादन हुन सक्छ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ ।
टाढिएका मित्रसँग नजिकिने समय छ । कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ
। मनोरञ्जनमा सहभागिता भइएला । मध्य सातामा झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ
। यो साताका लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग हरियो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो साता पुनर्मिलनको योग रहेको छ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । सामाजिक र धार्मिक यात्राको योग पनि छ । अतिथिको रूपमा सत्कार पाइनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । सफल यात्रा र नजिकको मित्रसँग भेटघाट हुनेछ, तर स्वास्थ्य मापदण्डको पालना गर्नु पर्छ । यो साताका लागि शुभ अङ्क १,२ र शुभ रङ्ग पर्पल वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।