पोर्चुगल पठाईदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ


बैशाख २१ ।  पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा खोटाङका एक युवक पक्राउ परेका छन् ।  खोटाङ दिक्तेल नगरपालिका वडा नं १० पाथेका घर  भई काठमाडौं महानगरपालिका ३२ कोटेश्वर बस्ने २२ वर्षीय सुरज राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

 पोर्चुगल जानको लागि ९ लाख रुपैयाँ लाग्ने र  त्यहाँ पुगेपछि होटलमा मासिक १ लाख भन्दा बढी तलब हुने गरि  सजिलो काम मिलाई दिन्छु भनी पटक पटक गरी ३ लाख ४२ हजार लिएको र पोर्चुगल नपठाए पछि पिडितले बैदेशिक रोजगार विभागमा उजुरी गरेका थिए । उजुरी आएपछि बैदेशिक रोजगार विभागले राईलाई पक्राउ गरी उपस्थित गराउन प्रहरीलाई पत्र पठाएको थियो । बैदेशिक रोजगार विभागको पत्र प्राप्त भएपछि  उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौ महानगरपालिका वडा नं १० बुद्धनगरबाट पक्राउ गरी आवश्यक अनुसन्धान र कारर्वाहीका लागि बैदेशिक रोजगार विभागमा पठाएको प्रहरीले प्रधान कार्यालय काठमाण्डौले जनाएको छ ।

 

 

 

प्रतिक्रिया