इन्द्र घिसिङ
बैशाख २६ । खिजीफलाटे बजार, बसपार्क तथा आसपासको ठाउँमा सरसफाई गरिएको छ । इलाका प्रशासन कार्यालय खिजी फलाटे , इलाका प्रहरी कार्यालय खिजी फलाटे, खिजी देम्बा ५ नं वडा कार्यालय ,खिजी देम्बा ५ नंबर वडास्तरीय नागरिक समाज , खिजी देम्बा पालिका स्तरीय नागरिक समाज , लिखु देम्बा सामुदायिक बिकास मञ्च, उद्योग बाणिज्य संघ खिजी फलाटे , खिजी फलाटे बजार ब्यबस्थापन समिति, सामुदायिक अस्पताल ओखलढुङ्गा अन्तर्गत समुदायमा आधारित सिबिआर कार्यक्रम, साङ्गेदा फ्याफुल्बा गुठी खिजी फलाटे , खिजी देम्बा युवा क्लव लगायत खिजी फलाटे बजारमा बिभिन्न ब्याबशाय सञ्चालन गरेर बस्ने ब्याबशायीहरूको सहभागीतामा मंगलबार बिहान सरसफाई कार्यक्रम गरिएको हो ।
यस अघि गरिएको सर्ब पक्षीय भेलाको
निर्णय अनुसार मंगलबार सरसफाई गरिएको ईलाका प्रहरी कार्यालय खिजी फलाटेका प्रहरी
निरीक्षक केशव अधिकारीले बताउनु भएको छ । खिजी फलाटे बजारमा बिभिन्न ब्याबशाय
सञ्चालन गर्ने ब्याबशायीहरूलाई आफ्ना घर टहरा , पसलहरूबाट
निस्कने फोहोरलाई आफ्ना घर आँगनमा बोरा, टोकरीमा
सङ्ग्रह गरी फोहोर व्यवस्थापन गर्ने कार्यमा साथ सहयोग गर्न सुझाव दिईएको छ । खिजी
फलाटे बजारको फोहोर मैला महिनाको २ पटक सङ्ग्रह गरेर खिजी देम्बा ५ को नाराङ्गी
टोलमा यस अघि तयार गरिएको डम्पिङ साईडमा पुर्याउने ब्यबस्था मिलाईने खिजी देम्बा
गाउँ पालिका वार्डनं ५ का वडा अध्यक्ष राम कुमार सुनुवारले बताउनु भएको छ ।
ओखलढुङ्गा जिल्लाको उत्तर पश्चिम भेगमा
बाणिज्य केन्द्रका रूपमा रहेको खिजी फलाटे बजारको शोभालाई स्वच्छ राख्न खिजी फलाटे
बजारको फोहोर मैला व्यवस्थापन गर्ने कार्यमा इलाका प्रशासन कार्यालय खिजी फलाटे, इलाका प्रहरी कार्यालय खिजी फलाटे, नापी कार्यालय खिजी फलाटे , मालपोत कार्यालय खिजी फलाटे, नागरिक समाज लगायत सम्पूर्ण
सरोकारवालाहरूले सकृयताका साथमा देखाएको सहभागीता प्रति खिजी देम्बा गाउँ पालिका
प्रमुख गम्बु शेर्पाले खुशी प्रकट गर्नु भएको छ ।