झगनखबर
भदौ १९ । ओखलढुंगा जिल्लाको
मोलुङ खोलामा डुबेर एक बृद्ध महिलाको मृत्यु भएको छ । मोलुङ गाउँपालिका वडा नं २
रामपुरकी ७५ वर्षीय रत्नमाया विश्वकर्माको मृत्यु भएको हो । मलाई नखोज्नु भनी
घरबाट हिडेकी भक्त बहादुर बिश्वकर्माकी
श्रीमती लामपाते स्थित मोलुङ खोलामा डुबेर मृत अवस्थामा भेटिएको परिवार श्रोतले
जानकारी दिएको छ ।
१९ गते मंगलबार करिब
४ः५० बजेको समयमा मृत अवस्थामा भेटिएको थियो । विश्वकर्मालाई मृत अवस्थामा भेटिएपछि
प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी निरिक्षकको
टोली गई आवश्यक कानुनी प्रकृया पुरा गरी लासलाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल
रुम्जाटार पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरिक्षक दिपक
बहादुर केसीले जानकारी दिनुभयो ।
१९ भदौ २०८०, मङ्गलबार ०८:२९ मा प्रकाशित
1214