१८ मंसिर बाजुरा ।
बाजुरा जिल्लामा नेपाली कांग्रेसका बद्री प्रसाद पाण्डे निर्वाचित भएका छन् । ३१
हजार ७८६ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका
कर्ण बहादुर थापाले २६ हजार ३४९ मत ल्याएका थिए । प्रतिनिधी सभामा एउटा मात्र
निर्वाचन क्षेत्र रहेको बाजुरामा पाण्डे फराकिलो मतका साथ विजयी भएका छन् । मुख्य
निर्वाचन कार्यालय बाजुराका अनुसार ५ हजार ४३७ मतको फरकमा पाण्डे निर्वाचित भएका
हुन् ।
१८ मङ्सिर २०७९, आईतबार १०:३३ मा प्रकाशित
281