ओखलढुंगा २, चैत । नेपाल शिक्षक
संघ ओखलढुंगाको जिल्ला अधिबेशन सर्वसमहत रुपमा सम्पन्न भएको छ । रमेश कुमार
अधिकारीको नेतृत्वमा जिल्ला कार्यसमितिको चयन गर्दै बिहिबार सम्पन्न भएको हो ।
अध्यक्ष रमेश कुमार अधिकारी, उपाध्यक्ष तारानाथ पाहाडी, महिला
उपाध्यक्ष, बाला बाँनिया, सचिव ध्रुव कुमार खड्का, सचिव अर्थ
विष्णु प्रसाद पराजुली लगायत २९ जना सर्वसहमत रुपमा निर्वाचित भएका छन् । त्यसै
गरी संघिय प्रतिनिधीमा गोकर्ण बहादुर बाँनिया, नारायण प्रसाद बास्तोला, विजय कुमार
उपाध्याय, बुद्धीराज मुलिचा, विष्णु माया अधिकारी र मिना कुमारी कटवाल रहेका
छन् । त्यसै गरि प्रदेश प्रतिनिधीमा धन बहादुर पुडासैनी, मोहन कार्की, तोयानाथ
काफ्ले, लाल प्रसाद भट्टराई भगवती लामीछाने र पुनम खत्री रहेका छन् ।
अध्यक्षको दाबी गर्नुभएका खिलाराज श्रेष्ठलाई नेपाल शिक्षक महासंघको जिल्ला
अध्यक्षमा सर्वसहमत चयन गर्ने सहमति भएको केन्द्रिय पार्सद गोकर्ण बहादुर बानियाले
जानकारी दिनु भयो ।
उद्घाटन सत्र फागुन २० गते सम्पन्न भई २१
गतेको बन्दसत्र बाट कार्यसमिति चयन भएका थिए । विविध कारणले समितिको औपचारिक घोषणा
हुन सकेको थिएन । बिहिबार शिक्षक संघको कार्यालय ओखलढुंगामा एक कार्यक्रमको आयोजना
गरी सर्वसहमत रुपमा चयन भएका नयाँ कार्यसमितिको औपचारीक घोषणा गरिएको निर्वाचन आयुक्त बेलास प्रसाद धमलाले जानकारी
दिनु भयो । संघिय प्रतिनिधी गोकर्ण बहादुर बानिया संघिय अध्यक्ष पदको उम्मेदवार
हुने बताएका छन् ।