गण्डकी मुख्यमन्त्रिमा पाण्डेलाई विश्वासको मत, राप्रपा तटस्थ


बैशाख २१ । गण्डकी प्रदेशका मुख्यमन्त्री नेपाली कांग्रेसका  सुरेन्द्रराज पाण्डेलाई  संसदबाट विश्वासको मत प्राप्त भएको छ  । बैशाख १४ गते मुख्य मन्त्रिमा नियुक्त भएका पाण्डेले बिहिबार विश्वासको मत पाएका हुन् । पाण्डेको पक्षमा ३५ मत परेको थियो भने विपक्षमा २२ मत परेको थियो । राप्रपा भने तटस्थ बसेको बताएका छन् ।

उनलाई  कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङसहित ३५ सदस्यले विश्वासको मत दिएका थिए ।

नेकपा एमालेका २२ सांसदले विपक्षमा मत हालेका छन् । राप्रपाका २ सांसद भने तटस्थ बसेका छन्। पुस २५ गते माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका एमालेका खगराज अधिकारी सरकार वैशाख ९ गते ढलेपछि गण्डकीमा कांग्रेसमाओवादीको समन्वयमा सुरेन्द्रराज मुख्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया