राजकुमार कार्की
भदौ ४ । सिद्धिचरण नगरपालिका–५, बर्णालुमा मासु लिएर
घर आउदै गरेका एकराज मग्रातीको लडेर मृत्यु भएको छ । बिहिबार दिउसो करिब १ः३०
बजेको समयमा घरनजिकैको गोरेटो बाटोमा लडेर मृत्यु भएको हो । ५२ वर्षीय मग्राती
दिउसो बर्णालुबाट मासु लिएर आउनु भएको थियो । मासु लिएर घरनजिकै आइपुगेका मग्राती एक्कासी चिप्लिएर लडी
घट्नास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घरनजिकै छोरो लडेको बृद्ध
आमाले देखेपछि स्थानीयलाई खबर गर्नुभएको थियो । वरिपरिका स्थानीयहरु आई हेर्दा
मृत्यु भईसकेको भनी प्रहरीलाई खबर गरेका थिए । बिमान सुरक्षा गार्ड रुम्जाटारबाट
प्रहरी आई घट्नास्थल सरक्षीत गरिएको थियो
। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी निरिक्षकको नेतृत्वमा गएको टोलीले
आवश्यक कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमका लागि रुम्जटार अस्पताल
पठाईएको प्रहरीले जानकारी दिएको छ ।