जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख खनालको निधन


झगनखबर

असोज १४ । जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको निधन भएको छ । त्रिभुवन बिश्वबिद्धालय शिक्षण अस्पताल महाराजगन्जमा उपचारकोक्रममा शनिबार राति १० बजे  निधन भएको हो ।  प्याङक्रियाजको क्यान्सर रोगबाट पिडित खनाल लामो समय देखी उपचाररत हुनुहुन्थ्यो । खनालको ७३ वर्षको उमेरमा निधन भएको हो । खनालले ओखलढुंगा कांग्रेसमा ठुलो योगदान पुर्याउनुभएका पुराना, कर्मठ, लगनसिल, कुशल संगठकका रुपमा चिनिनुहुन्थ्यो ।  खनालको निधनले नेपाली काँग्रेस ओखलढुंगालाई ठुलो क्षति पुगेको र पार्टीको एक कुशल अविभावक गुमाएको सभापति तेजन खनालले बताउनुभयो । जिल्लाको होनहार काँग्रेसका नेता उहाँ लामो समय सम्म पार्टीको राजनितिमा निष्ठाका साथ लागेर स्थानिय तह निर्वाचन २०७९ पछि जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुख पदमा निर्वाचित हुनुभएको सभापति खनालको भनाई छ । उहाँ, पदको लागी राजनिती नभई देश र जनताको लागी काम गर्नुपर्नेमा जोड दिदै आउनु भएका त्यागी नेताको रुपमा परिचित हुनुहुन्छ । समन्वय प्रमुख खनाल केहि दिनयता त्रिबि शिक्षण अस्पताल महाराजगन्जस्थित क्यान्सर उपचार कक्षमा उपचाररत हुनु हुन्थ्यो । खनाल नेपाली काँग्रेस ओखलढुंगाको पुर्व उपसभापति,महासमिति सदस्य रहनु भएको थियो

 

प्रतिक्रिया