झगनखबर
फागुन ९ । राष्ट्रिय प्रजातन्त्र
पार्टी जिल्ला कार्य समिति ओखलढुंगाले ४० बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको छ
। बुधबार जिल्ला प्रशासन कार्यालय ओखलढुंगा मार्फत प्रधानमन्त्री तथा मन्त्री
परिषदको कार्यालयमा ज्ञापन पत्र बुझाएको हो । अविभावकीय भूमिकामा संवैधानिक
राजसंस्था हुनुपर्ने धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दु अधिराज्य, छलकपटपुर्ण जवरजस्ती धर्र्मान्तरणमा
रोक जस्ता मागहरुलाई महत्व दिदै ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा प्रदेश
संरचना खारेज गरी स्थानिय तहलाई थप अधिकारयुक्त बनाई स्थानिय तह र केन्द्रीय तह
गरी दुइ तहको सरकार हुनुपर्ने माग राखिएको छ । जनताबाट प्रत्यक्ष निर्वाचित
कार्यकारी प्रधानमन्त्री हनुपर्ने र कार्यकारी पदमा एक व्यक्ति दुई कार्यकाल भन्दा
बढी बस्न नपाउने संवैधानिक,
कानुनी व्यवस्था लगायतका मागहरु लगायत
अन्य ४० बुँदामा माग राख्दै जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत कृष्ण प्रसाद
गौतमलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा भनिएको छ, 'सरकारले
राप्रपाको ज्ञापन पत्रको विषयलाई विश्वासिलो ढंगबाट संबोधन नगरे राप्रपा तत्काल
सडक र सदन दुर्व तहबाट देश र जनताको पक्षमा भद्र र शान्तिपूर्ण आन्दोलन गर्न बाध्य
हुने व्यहोरा सम्माननीय प्रधानमन्त्री ज्यु समक्ष् जानकारी गराउँदछौँ।'