लोकतान्त्रिक गठबन्धनको औपचारिक सभा श्रीचम्पादेवी मन्दिर बाट शुरु । श्रीचम्पादेवीलाई साँची राखेर जिल्लाको विकास गर्ने उम्मेदवारको उद्घोष

कार्तिक १८, ओखलढुंगा । लोकतान्त्रिक गठबन्धनले ओखलढुंगाको श्रीचम्पादेवी मन्दिर बाट औपचारिक चुनावी आभ सभा शुरु गरेको छ । कार्तिक १८ गते ठुलीएकादशीको अवसर पारेर चम्पादेवी गाउँपालिकाको वडा नं. ९ मा रहेको जिल्लाकै चर्चित धार्मिक स्थल श्रीचम्पादेवीको मन्दिर परिसरबाट औपचारिक चुनावी आमसभा शुरु गरिएको हो । प्रतिनिधी सभा सदस्य उम्मेदवार रामहरि खतिवडा, प्रदेश सभा सदस्य, प्रदेश (क) का उम्मेदवार प्रदिप कुमार सुनुवार,प्रदेश (ख) का उम्मेदवार बाबुराम गौतमको उपस्थितिमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै उम्मेदवारले श्रीचम्पादेवीलाई साँची राखेर जिल्लाको समग्र विकास गर्ने साझा प्रतिबद्धता गरेको जनाएका छन् ।

कार्यक्रममा प्रतिनिधी सभा सदस्य उम्मेदवार रामहरि खतिवडाले हलेसी मन्दिरमा आउने भक्तजनहरुलाई श्रीचम्पादेवीको मन्दिरसम्म ल्याई धार्मिक पर्यटनको विकास गर्नलाई आवश्यक पुर्वाधार निर्माणमा जोड दिइने बताए । विजय प्राप्त भएपछि  दुइ वटा प्रदेशका माननीयहरु ( प्रदिप कुमार सुनुवार र बाबुराम गौतम) लाई एक साथ लिएर समग्र जिल्लाको विकास गर्ने बताए । उनले भने, æप्रदिप सुनुवार एउटा खुट्टा, बाबुराम गौतम अर्का] खुट्टा, यि दुवै खुट्टा एकैठाउमा टेकेर समग्र जिल्लाको विकासमा लाग्ने जिम्मा मेरो भयोÆ । तेसै गरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य, प्रदेश (क) का उम्मेदवार प्रदिप सुनुवारले विकास निर्माणमा हुने भ्रष्टचारलाई निर्मूल पारी सुशासन कायम राख्ने र रोजगारीको सिर्जना गर्ने बताएका थिए । उनले भने, æविकास निर्माणमा हुने भ्रष्टचारलाई निर्मूल पार्न सकियो र देशमा सुशासन कायम गर्न सकियो भने मात्र दिगो विकासको परिकल्पना गर्न सकिन्छ Æ

प्रदेश सभा सदस्य, प्रदेश (ख) का उम्मेदवार बाबुराम गौतमले कार्यक्रमलाई सम्बोधन गर्दै देश भरिका धार्मिक पर्यटकलाई भित्र्याउने वातारवरण बनाउने बताए । साथै उनले भने, æजिल्लाको समग्र विकास यसै श्रीचम्पादेवीको मन्दिरको वरिपरी बाट शुरुवात  गर्न चाहान्छु Æ 

नवलपुर घाटमा पक्की पुल निर्माण सम्पन्न भईसकेकाले ककनी सम्मको सडकलाई दोहोरो सवारीसाधन सहज ढंगबाट सन्चालन गर्न मिल्ने गरि स्तरोन्नती गर्ने लगायत अन्य ठाउका सडकहरुलाई स्तरोन्नती गर्दै, आवश्यक पुर्वाधार निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया